ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमाको सिक्सलेन सडकमा निकालियो मानव साङ्लो

Lumbini Darpan 3 २०७९ फाल्गुन ३०, मंगलवार १७:३९
[sharethis-inline-buttons]

तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लोसहितको सरसफाई अभियान सञ्चालन गरिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अनुसार सिक्सलेनमा मानव साङ्लोसहित सरसफाई गरिएको हो । अयिभानमा सबै नागर बासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए।

योगिकुटीदेखि कोटिहवाको १२ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरुले एक(आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ(संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए।

सरसफाई तिलोत्तमाको पहिचान र सभ्याताहो भन्ने कुरामा सबै नगर बासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएकाथिए ।

मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटनसमेत गरिएको छ । श्रृंखला १०० औं मा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा गरे ।

त्यसक्रममा नगर प्रमुख खाणले सरसफाईलाई तिलोत्तमा बासीको संस्कार र संस्कृतिसँग जोडेर दीगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइसराईको दर समेत तीव्र रुपमा बढेको नगर प्रमुख खाणले बताए । उनले बुधबार आयोजना गरिएको मुख्य कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आह्वान समेत गरे ।

उपप्रमुख चौधरीले तिलोत्तमा बासीको कडा मेहनताका कारण नगरपालिकाले सरसफाईमा आफ्नो विशिष्ट छवि बनाएको उल्लेख गर्दै तिलोत्तमाको पहिचानको श्रैय नगरबासीमा जाने बताइन् । उनले आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास गर्न नगरबासीलाई अनुरोध गरिन ।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । यो अभियानलाई २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि निरन्तरता दिएपछि यो एक सयौं श्रृखंलामा पुगेको हो । चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।

वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियानचलाउँदै आएका छन् । सम्भवत निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान काठमाण्डौं उपत्यका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियानचलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुखनगरपालिका बनाउन सफलभएको छ ।

नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ । एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको छन् ।

 


प्रकाशित : २०७९ फाल्गुन ३०, मंगलवार १७:३९

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech