ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विद्यार्थीलाई चुनावी चटारो ,कहाँ के हुदैछ ?

लुम्बिनी दर्पण २०७९ चैत्र २, बिहीबार २१:५२
[sharethis-inline-buttons]
Image XYZ

मोहन बेल्वासे

राजनीतिक दलहरूबीच मिनी जनमत संकलनको आधार मानिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै विद्याथीहरूलाई चुनाव लागेको छ । आगामी चैत्र ५ गते निर्वाचन गर्ने गरी त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै ठूला विद्यार्थी संगठनलाई चुनावी चटारोले छोएको हो ।
यसपटक त्रिविले २८ वर्षसम्मका विद्यार्थी मात्र उम्मेदवार बन्न पाउने र वाल पेन्टिङ लगायतका भड्किलो प्रचार प्रसारलाई रोक लगाएको छ । कडा आचारसंहिता ल्याएर निर्वाचन कार्यतालिका समेत अघि सारिसकेको छ ।
यसपटक प्रत्यक्ष र समानुपातिक दुवैं ढंगको मिश्रित प्रणालीमा निर्वाचन हुँदै छ । यो समाचार तयार पर्दा सम्म उमेद्वार चयन सकेर विद्यार्थी संगठनभित्र आन्तरिक तयारीहरू भइरहेको बताइन्छ ।
आगामी चैत ५ गतेका लागि निर्धारण गरिएको चुनावमा भाग लिन चाहने विद्यार्थी संगठनले क्याम्पसहरुमा संगठन दर्ता गरिसकेका छन् । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी-विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको थियो । स्ववियू निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
आचारसंहिता अनुसार विद्यार्थी संगठनले फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् । त्रिविले माघ २२ गते नै स्ववियू निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको थियो । स्ववियूको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

स्ववियू कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
त्रिविमा २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सम्म प्रत्येक वर्ष स्ववियू निर्वाचन हुँदै आएकोमा २०३६ देखि दुई-दुई वर्षमा गराउन थालियो । २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियू निर्वाचन भएको थियो । २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।
२०६५ सालयता भने यो चुनाव नियमित हुनसकेको छैन । २०६५ चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियू चुनाव भएको थियो ।

कपिलवस्तुमा ८ क्याम्पसमा निर्वाचन, समिकरण फरक
आसन्न निर्वाचनमा कपिलवस्तुका ६ वटा क्याम्पसमा निर्वाचन हुने भएको जनाईएको छ ।
जिल्लाको बाणगंगामा रहेको सिद्धार्थ क्याम्पस , बाणगंगा बहुमुखी क्याम्पस लौगाई , सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस, शिवराजमा रहेको नेपाल आदर्श क्याम्पस, समयथान बहुमुखी क्याम्पस, बुद्धभुमी क्याम्पस बरकलपुर , गौतमबुद्ध क्याम्पस र फलारीवावा बहुमुखी क्याम्पसमा निर्वाचन हुने जनाईएको हो ।
कपिलवस्तुका ३ क्याम्पसमा पहिलो पट्क निर्वाचन
जिल्लाको बुद्धभुमी क्याम्पस बरकलपुर , गौतमबुद्ध क्याम्पस र फलारीबाबा बहुमुखी क्याम्पस मा पहिलो पट्क स्ववियु निर्वाचन हुन लागेको हो । गौतमबुद्ध क्याम्पसमा यस अगाडीको निर्वाचनमा विवाद भएपछी स्थगित भएको थियो ।
यसपट्क पनी क्याम्पसमा त्रि.वि.ले तोकेको स्नातक तह प्रथम वर्ष मा अध्ययनका लागि फागुन ४ गते सम्म भर्ना भएका विद्यार्थी मताधिकार हुने निणर्यलाई वेवास्ता गर्दै पछि सम्म भर्ना भएका विद्यार्थी हरुलाई समेत समेटेर मतदाता नामावली प्रकाशन गरेपछी विद्यार्थीहरुले विरोध गर्दै आएका थिए । यद्यपी क्याम्पसले भने यो विषयलाई विद्यार्थीसँगको वार्तापछी टुड्डाएको जनाएको छ । क्याम्पसका सहायक प्राचार्य दिपक भुषालले जानकारी दिए । सो विषयको शनिवार सहमती पछी मनोनयनको समय थप गर्दै आईतवार सम्मका लागि दर्ताको समय थप गरेको थियो ।
नेविसंघ र अनेरास्ववियु विच मुख्य प्रतिस्पर्धा
कपिलवस्तुका सिद्धार्थ क्याम्पसमा , बाणगंगा बहुमुखी क्याम्पस लौगाई , गौतमबुद्ध बहुमुखी क्याम्पस, बुद्धभुमी क्याम्पस बरकलपुर र कपिलवस्तु बहुमुखी क्याम्पसमा तौलिहवामा अनेरास्ववियु भर्सेस ने.वि.संघ विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
अधिकांस क्याम्पसमा सत्तारुढ विद्यार्थी संगठन विच आंशिक तालमेत
कपिलवस्तुको शिवराजमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पस , समयथान बहुमुखी क्याम्पस, बाणगंगा बहुमुखी क्याम्पस लौगाई, बुद्धभुमी क्याम्पस बरकलपुर, लगाएतमा सत्तारुढ विद्यार्थी संगठनविच तालमेल भएको छ । नेपाल आदर्श बुहुमुखी क्याम्पसमा ६ सय विद्यार्थी मतदाता संख्या रहेको छ । यहाँ ने.वि.संघ अखिल छांैठौ विच तलमेल भएको छ भने लोकतान्त्रिक संयुक्त विद्यार्थी समुहका तर्फबाट लो.स.पा निकट समाजबादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी , नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियू विच तालमेल भएको छ । यस अगाडीको स्ववियु जितेको राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रय प्रजातान्त्रिक विद्यार्थी संगठन र अनेरास्ववियु एक्ला एक्लै होमिएका छन् । यता समयथानमा पनी सोही प्रकृया रहेको छ । समयथानमा ३ सय विद्यार्थी उमेद्वार रहेका छन् । यसैविच कपिलवस्तु बहुमुखी क्याम्पसमा तौलिहवामा ९ सय ८७ विद्यार्थी मतदाता रहेका छन् । यहाँ संयुक्त लोकतान्त्रिक विद्यार्थी समुहबाट ने.वि.संघ , लो.स.पा निकट समाजबादी विद्यार्थी संगठन विच तालमेल भएको हो । अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठन ले भने एक्ला एक्लै उमेद्वारी दिएका छन् । अनेरास्ववियु ले प्यानललै र अखिल क्रान्तिकारीले सभापती र सचिवमा मात्र उमेद्वारी दिएको त्यहाँबाट निर्वाचन अधिकृतहरुले जानकारी दिएका हुन् ।

सिद्धार्थ क्याम्पसमा अनेरास्ववियु र छौंठौ विच तालमेल

जिल्लाको सवैभन्दा ठुलो सिद्धार्थ क्याम्पस बुङ्ची मा अनेरास्ववियु , राष्ट्रिय जनमोर्चा निकट अखिल छौठौ र नेकपा बहुमत निकट अखिल क्रान्तिकारी विच तालमेत भएको छ ।
ने.वि.संघ हालसम्म एक्लै चुनावी मैदानमा देखिएको छ भने विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठन र वैध निकट अखिल क्रान्तिकारी विच तालमेत भएको बुझिएको छ । नेकपा एस निकट अनेरास्ववियू ले भने क्रान्तिकारी गठबन्धनलाई सधाउने निणर्य गरेको हो । यद्यपी मनोनयन फिर्ता हुने समयावधी सम्म पनी तालमेलको प्रयास हुने विद्यार्थी संगठनहरुले जनाएका छन् । सिद्धार्थमा ११ सय ७३ विद्यार्थी मतदाता रहेका छन् । त्यसैगरि बाणगंगा बहुमुखिमा ३ सय ४० समयथानमा ३ सय, नेपाल आदर्शमा ६ सय , बरकलपुर मा २ सय २६ गौतमबुद्धमा २ सय ८४ विद्याथी मतदाता संख्या रहेको निर्वाचन अधिकृतहरुले जनाएका छन् ।
यस अगाडी कहाँ कसको नेतृत्व

कपिलवस्तुको सिद्धार्थ क्याम्पस : अनेरास्ववियु
नेपाल आदर्श बहुमुखि क्याम्पस : रा प्र.पा निकट( राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन)
समयथान बहुमुखि क्याम्पस : रा प्र.पा निकट( राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन)
बाणगंगा बहुमुखि क्याम्पस लौगाई : ने.वि.संघ
कपिलवस्तु बहुमुखि क्याम्पसमा : स्वतन्त्र समुह

यो समाचार गत आईतवारको लुम्बिनी दर्पण पत्रिकामा प्रकाशित छ ।

 

 


प्रकाशित : २०७९ चैत्र २, बिहीबार २१:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech