
हरि आचार्य, कपिलवस्तु
नेपाल फार्मेसी संघ जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा रमेश शर्मा निर्वाचित हुनुभएको छ । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको सहजिकरण भएको जिल्लाको प्रथम भेलाबाट अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा शर्मालाई दिएको हो । पिस हिमालया रिसोर्टमा सम्पन्न प्रथम जिल्ला भेलाले जिल्लाको नेतृत्व शर्मालाई दिएसंगै १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा निरज केसी, सुशिल द्धिवेदी, महासचिवमा डा.विक्रम घिमिरे, सचिवमा विरेन्द्र प्रसाद गुप्ता र बिमला जिसी, कोषाध्यक्षमा बाबुराम अधिकारी, सह कोषाध्यक्षमा अम्बिका केसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ भने सदस्यहरुमा ईस्तीकर अमजद खाँन, सरीता पौडेल, शंकर मरासिनी, नवराज पौडेल, विष्णु थापा, पुजा थारु र रजनिश पाण्डे चयन भएका छन् । निर्वाचन मण्डलमा खेमराज तिवारी, समेन्द्र प्रसाद यादव र मोतिलाल खनाल रहनुभएको थियो ।
नयाँ कार्यसमितिका अध्यक्ष शर्माले अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने निर्वाचन मण्डल, पुर्व कार्यसमिति, सम्पुर्ण सदस्यहरुलाई आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले सबैलाई समावेश गरि संस्थालाई दु्रत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाउदै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल फार्मेसी संघ केन्द्रिय अध्यक्ष अमृत खनालले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई कुशलता पुर्वक अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक संघ, संस्था तथा नागरिकहरुसंग समन्वय गर्दै सेवाभावले काम गर्न पनि आह्वान गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारीले कार्यक्रम सफलतापुर्वक सम्पन्न गराउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै नयाँ कार्यसमितिलाई बधाई दिनुभएको थियो ।
नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष डा.धर्मराज भट्राई, नेपाल फार्मेसी संघ केन्द्रि उपाध्यक्ष किरण ढकालको विशिष्ठ आतिथ्यता, संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष कमल घिमिरे लगायतको आतिथ्यता, विरेन्द्र प्रसाद यादवको स्वागत मन्तब्य तथा लुम्बिनी प्रदेशका महासचिव समेन्द्र प्रसाद यादव र अम्बिका केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।