
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १मा आमा समुहका लागी आज देखी ३ दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु भएको छ । वडा न १का वडा सदस्य गीता देबि न्यौपानेको अध्यक्षता तथा वडा सचिव हेमलाल न्यौपानेको सन्चालनमा तालीम सुरु भएको हो ।
। कार्यक्रमलाई सम्बोधन गर्दै वडा न १ का वडा अध्यक्ष फर्सुराम गीरिले यो समाज बोल्नेहरुकै कब्जामा रहको भन्दै यो तालिमले समाजको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो । कार्यक्रममा बोल्दै वडा सदस्य बिष्णु प्र पान्डेले नगरको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै नगरपालिका भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो ।
तिलोत्तमा १ को आयोजना तथा लुम्बिनी मिडिया हवको सहकार्यमा सुरु भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ ।