बाणगंगा क्याम्पसमा नेविसंघको ताला खुलेन, स्ववियु निर्वाचन स्थगित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ८ लौगाई स्थित बाणगंगा बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालयको कार्यतालिका अनुसार चैत्र ५ गते स्ववियु निर्वाचन नहुने भएको छ । अनेरास्ववियुका गतिविधिका कारण नेविसंघले असन्तुष्टि जनाउँदै स्ववियु कार्यालयमा ताला लगाएको थियो । नेविसंघका एक विद्यार्थीलाई अनेरास्ववियुमा जर्वजस्ति लगेको र उम्मेद्वारी मनोनयनको बिषयलाई लिएर नेविसंघले असन्तुष्टि जनाई स्ववियु निर्वाचन हुन नदिने भन्दै ताला लगायो तर नेविसंघकै उम्मेद्वारहरुले विद्यार्थीहरुको घरघरमा पुगी प्रचार प्रसार गरिरहेका थिए ।

विभिन्न संगठनहरुको अनेकौ बैठक बसेता पनि सहमती हुन नसकेपछि क्याम्पस पशासनले अर्को सुचना नआएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको छ । जारी विज्ञप्तीमा भनिएको छ केहि विद्यार्थी संगठनहरुको असझदारी बढेको हुदाँ र शान्तिपुर्ण रुपमा निर्वाचन गर्न सक्ने वातावरण नबनेको भन्दै अर्को सुचना जारी नभए सम्मका लागि चुनाब स्थगित गरिएको जनाइएको छ ।

क्याम्पसमा अनेरास्ववियु र ने.वि.संघ सहितको गठबन्धन बिच विवाद परेको थियो । विवाद समाधानका लागि विभिन्न प्रयास भए पनि सामधानको उपाय नआएका कारण चुनाब स्थगित गरीएको जनाइएको छ ।

क्याम्पसमा नियम विपरित गरिएको उम्मेदवारी रद गर्न ने.वि.संघले माग राखेको छ । क्याम्पसको निर्वाचन समितिले भने उम्मेदवारी नियमपुर्वक भएको लुम्बिनी दर्पणलाई बताएको छ ।

स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरुले प्रचारप्रसारलाई तिब्रता दिए पनि निर्वाचन नहुने भए पछि विद्यार्थीहरु निराश भएका छन् । यता नेविसंघले कुनै पनि हालतमा आफुले नजित्ने भए पछि अनेक वाहाना बनाएर तालाबन्दी गरि निर्वाचन स्थगित भएको अनेरास्ववियुले जनाएको छ ।

यता निर्वाचन मण्डलले सबै विद्यार्थी संगठनहरुको माग सम्बोधन गरि मिलाएर लैजान सके आफुहरु निर्वाचनको पक्षमा रहको नेविसंघ ईकाई सभापति जनकराज पौडेलले बताए ।

यस्तै निर्वाचन हुनुपर्ने माग सहित अनेरास्ववियु जिल्ला कमिटीले क्याम्पस प्रमुख डिबी रेश्मीलाई ज्ञापन पत्र समेत बुझाएको जिल्ला अध्यक्ष अन्जित खनालले बताए ।


प्रकाशित : २०७९ चैत्र ४, शनिबार १९:२५