नदी ठेकेदारको दवावमा ट्राफिक विट गायव

[sharethis-inline-buttons]


लुदस, जितपुर
नदिजन्य पदार्थ दोहन गरेर अकुत कमाउनेहरु यो समाजमा सम्मानित भएर बाँचेका छन् । यतिवेला कपिलवस्तुका नदिनालाको अवस्था यस्तै छ । खोले डनले राजनैतिक दललाई चन्दा बाँडेर पैसाको आडमा विगतमा सि.डि.ओ देखि जिल्ला समन्वय अधिकारी सम्म सरुवा गर्ने आट त गरे तर यसपली भने सुरक्षा विट नै हटाएका छन् ।
महिना दिन अघि कपिलवस्तुको बाणगंगा ५ कोपवामा रहेको ईलाका प्रहरी कार्यालय मा २ जनाको दरबन्दी हुनेगरि ट्राफिक प्रहरीको विट स्थापना भयो । विट स्थापना भएपछी त्यस क्षेत्रमा ट्राफिक सकृयता बढ्न थाल्यो, त्यस भेगका स्थानियले सुरक्षाको महशुस समेत गर्न थालेका थिए ।


तर विडम्बना खोले ठेकेदारहरुको दवावमा १ महिना नवित्दै ट्राफिक विट नै नरहने गरि फिर्ता भएको छ । अर्घाखाँचीको डोहोटे बनगाई देखि कपिलवस्तु नगरपालिका तौलिहवा सम्म कुनै चेकजाँच छैन् । सुरक्षा पोष्ट नहुदा तस्करी लागु औषध ओसारपसार समेत हुनसक्ने सम्भावना बढ्दै गएको थियो ।
खाँसगरि नदिजन्य पदार्थ लिएर हिड्ने अधिकांस ट्याक्टर चालकहरु विना लाईसेन्सका सिकारु चालक हुने र दुर्घटनाको जोखिम छ । यसवर्ष पनी नदिजन्य पदार्थ निकासी खुलेसंगै अनियन्त्रित ढंगबाट नदिजन्य पदार्थ बोक्ने सवारी हरुलाई त्यहाँ खटिएका सो क्षेत्रमा ट्राफिक चेकिङ्ग बढ्ेका कारण विटनै सरुवा गरेको विशेष श्रोतले जनाएको छ ।

नदीजन्य पदार्थ बोक्ने सवारीहरु दैनिकजसो ट्राफिक फन्दामा परेपछी उनिहरुले माथिल्लो निकायलाई मिलाएर सरुवा गरेको कुराकानीका क्रममा एक ठेकेदारले भने” । विगतमा नदिजन्य पदार्थ ओसार पसार गर्ने ट्याक्टरको ठक्करबाट ३ जना घाईते भएका थिए भने किसानले पालेका दर्जनौ खसिबोका दिउसै चोरी भएका थिए । सवारी साधनको अनियन्त्रित गतिले विद्यालयमा अध्यनरत वाल वालिका जोखिममा पर्ने गरेको स्थानिय शिक्षक ईश्वरी आचार्यले बताए । तर ट्राफिक विट स्थापना भएपछी सुरक्षाको महसुस गरेका स्थानियहरु पुन निराश भएका छन् । यस विषयमा जिल्ला ट्राफिक प्रमुख योगेन्द्र तिमिल्सिनाले आफुहरुलाई कुनै दवाव नआएको र प्रदेश ट्राफिक कार्यालयबाटै त्यहाँ खटिएका ट्राफिक उपर उजुरी देखा परेपछी हटाउनु परेको भन्दै समय समयमा नजिकका अन्य कार्यालयबाट सो क्षेत्रमा चेकिङ्गमा जाने बताए । गल्ती गर्नेलाई कार्वाही गरि व्यक्ति परिवर्तन गर्नुको साटो विट नै नरहदा ट्राफिक प्रतिको दृष्टिकोण ,आशा र भरोषा गरेका नागरिकले प्रश्न चिन्ह खडा गरेका छन् ।


प्रकाशित : २०७९ चैत्र ७, मंगलवार १६:०६