
हरि आचार्य, कपिलवस्तु
आज ३१ औं विश्व पानी दिवस, कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा एक विशेष कार्यक्रम गरि भव्य रुपमा मनाइएको छ । पानी र सरसफाईमा गतिशिल परिवर्तन भन्ने मुल नाराका साथ खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नगर शाखा बाणगंगाको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका भित्रका खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष, पदाधिकारी, सदस्य तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले स्वच्छ खानेपानी पुर्याउनु नगरपालिकाको दायित्व रहेको प्राप्त गर्नु हरेक नागरिको नैसर्गिक अधिकार भएको हुनाले नगर त्यस प्रति बफादार रहेको बताउनु भएको छ । केहि समय अघिसम्म बाणगंगामा खानेपानीको केहि समस्या भए पनि अहिले त्यो समस्या क्रमशः समाधान हुंदै गएको उपप्रमुख थारुले दाबी गर्नुभएको छ ।
त्यस्तै महासंघ बाणगंगाका नगर अध्यक्ष विश्व कार्किले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै हरेक नागरिकलाई शुद्ध पानी प्रदान गर्नका लागि आफु लागिपरेको बताउनुभयो । बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका कार्कीले खानेपानीसंगै सरसफाईमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जिवन जिउनको लागि स्वच्छ खानेपनी एक महत्वपुर्ण आधार रहेकोले यसका लागि नगरपालिका र वडाले पनिसहयोग गर्नेमा उहाँले विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नगर शाखा बाणगंगाका अध्यक्ष विश्व कार्कीको अध्यक्षता, बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, प्रशासन शाखा प्रमुख केशव राज भट्राई, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, खानेपानी डिभिजन कार्यालय कपिलवस्तुका डिभिजनल इन्जिनियर दिनेश प्रसाद साह, खानेपानी उपभोक्ता महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाह, बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालको विशिष्ट आतिथ्यता, कपिलवस्तु उद्योेग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाईं, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डे लगायतको आतिथ्यता महासंघ नगर सदस्य दिलकुमारी भण्डारीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
साथै शुद्ध खानेपानी सम्बन्धी जनचेतना मुलक नारा सहित र्याली समेत गरिएको थियो ।
तस्बिरहरु