
प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ८ का टोल बिकाश तथा आमा समुहका लागी आज देखी ७ दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु भएको छ । वडा न ८ का वडा अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा वडा सचिव शिव पान्डेको सन्चालनमा तालीम सुरु भएको हो ।
। कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका उपमेयर जागेश्वरी चौधरीले यो समाज बोल्नेहरुकै कब्जामा रहको भन्दै यो तालिमले समाजको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो । उहाले पुरुषको तुलनामा महिलाहरु कमजोर हुन नहुने बताउदै तालिम बाट ब्यवाहारमा परिवर्तन गर्न सकिने बताउनु भयो । कार्यक्रममा बोल्दै वडा सदस्य कमल कान्त गौतमले वडाको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै वडा भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो ।
तिलोत्तमा ८ को आयोजनामा सुरु भएको तालीमको लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले सहजीकरण गर्नु भएको छ ।

