
लुदस, कोपवा
भारतको चण्डीगढ स्थित पञ्चकुला २ नम्बर सेक्टरमा केही दिन अघि रहस्यमय मृत्यु भएकी चम्पाको घर बाणगंगा ६ गणेशपुरमा आज राष्ट्रिय जनमोर्चाद्धारा शोक सभा सम्पन्न भएको छ । गन्धर्व बस्तीकी एक युवतीको भारतमा रहस्यमय मृत्यु भएको थियो ।
शोक सभा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले शोक मन्तब्य व्यक्त गर्दै भारतमा भएको उक्त घट्ना दु ःखद र संम्बन्धित मालिकले घटाएको रहस्यमय भएको भन्दै राष्ट्रिय जनमोर्चा निकट मुल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई न्यायका लागि लडाई लड्न आग्रह गरिएको र निरन्तर सम्पर्क भईरहेको बताउदै , एकता समाजले पनी घट्ना घटाईएको हुनसक्ने प्रारम्भिक जानकारी गराए अनुसार अगाडी बढ्ेको बताए । नेपालमा रोजगारी को व्यवस्था नभएपछी रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता त्यसैमा यस्ता पिडादायि घट्नाबाट नेपाली समाज मुक्ति पाउने व्यवस्था आउन नसकेको भन्दै यो घट्ना नेपालको संसदमा समेत उठाउन पहल गर्ने बताएका थिए । अ.ने.म. संघ कि रिता पाण्डेले आफु यो बस्ती संग हरदम संगै संगै रहेको भन्दै चेलीहरु सुरक्षित देश विदेश कही कतै नभएको भन्दै चम्पको घट्नामा सवै नेपाली एक भएर लाग्नुपर्नेमा जोड दिएकी थिईन् ।
मुल प्रवाह अखिल भारत एकता समाजका प्रतिनिधि एवं जातिय समता समाजका तर्फबाट राम बहादुर नेपालीले दुः खी गरिव मुक्तिका लागि संघर्षरत अभियान बोकी हिड्ने एकता समाजले भारतमा यस्ता घट्ना , नेपालीको दु ः ख पिडामा निकै ठुलो योगदान पुर्याउदै आएको भन्दै , यस्ता अभियानमा सवै जोडिनु आवश्यक रहेको बताएका थिए । स्थानिय पत्रकार राम बहादुर गन्धर्व र विद्यालयकी शिक्षिका लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मृतकका मामा दिनेश रंजनले भारतिय भुमिमा सवैले नेपालीले घट्नाको बारेमा चासो लिएको र विभिन्न संघ संस्थाको सहयोग रहदा आफुहरु एक्लो महसुस गर्नु नपरेको भन्दै यहाँ पारिवारिक दुःखमा समेत राष्ट्रयि जनमोर्चाले गरेको यस कार्यले आफुहरुलाई थप बल पुगेको बताएका थिए ।
सो सन्दर्भमा उपस्थित गन्धर्व बस्ती, तथा जनसमुदायहरु भावुक बनेका थिए । जनमोर्चाद्धारा घट्नाको दोषी पत्ता लगाई कुनै कसुरबाट उम्कन नदिन र संघर्षका लागि प्रवासी समाज संगै परिवारलाई जुनसुकै सहयोग पुर्याउन तयार रहेको जनाउदै स्वगिय चम्पाको तस्विरमा श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार ईष्टमित्र गाउँले छर छिमेकीमा धैर्य धारण गर्नुको विकल्प नरहेको भन्दै शान्तवना समेत दिएका थिए ।
२३ वर्षीय चम्पा गन्धर्व गत जेठ महिनामा रोजगारीको शिलसिलामा आफ्नी कान्छी भाउजूसँग पुगेकी थिइन् । अमृता गन्धर्वकी एकमात्र छोरी रहेकी चम्पाले चण्डीगढको एक चिकित्सकको घरमा घरायसी काममा रोजगारी पाइन र उनले सोही घरमा काम गर्दै आएकी थिइन ।
१६ मार्च अर्थात यही चैत २ गते बिहिवार बिहान १०ः३० बजे विहानको खाजा खाएर नुहाउन बाथरूममा गएकी चम्पा डेढ-दुई घण्टा पछि संकास्पथ अवस्थामा मृत फेला परीन् । नुहाउन गएकी उनी धेरैबेर सम्म ननिस्किएपछि उनकी एक साथिले त्यहाँको प्रहरीलाई खबर गरीन् । भारतीय प्रहरीले बाथरुमको ढोका फोरेर हेर्दा मुखबाट रगत बगेको ,चुन्निले घाँटीमा बेरिएको अवस्थामा उनको शव फेला परेको आफन्तजनले बताएका छन् ।
चण्डीगढ स्थित भारतीय एकता समाजले घटनाको प्रकृति हेर्दा हत्या आशंका गरेको छ । एकता समाजले घटनाको सत्य तथ्यको आधारमा दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् । परिवारजनले समेत चम्पाको हत्या भएकोमा छानविनको माग गरेका छन् ।