बसाईसराईको प्रभावमा अर्घाखाँचीको जनसंख्या

[sharethis-inline-buttons]

सन्धिखर्क : बढ्दो बसाइसराईका कारण अर्घाखाँची जिल्लाको जनसंख्या घटेको छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार पछिल्लो १० वर्षमा अर्घाखाँचीको जनसंख्या २० हजार ५ सय ४६ ले घटेको हो।

मानिसहरू शिक्षा, स्वास्थ्य र रोजगारीका नाममा तीव्र रूपमा बसाइसराई गरेर तराईका जिल्लाहरू कपिलवस्तु, रूपन्देही, दाङ तथा काठमाडौंमा गएपछि जिल्लाको जनसंख्या घटेको हो।

२०६८ को जनगणना अनुसार अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ रहेको थियो। २०७८ को जनगणना अनुसार अर्घाखाँचीको घटेर १ लाख ७७ हजार ८६ पुगेको हो।

जसमा ८० हजार ६ सय ७२ जना पुरुष र ९६ हजार ४ सय १४ महिला रहेका छन्। यसरी हेर्दा अर्घाखाँचीमा पुरुषभन्दा महिला १५ हजार ७ सय ४२ ले बढी छन्। जिल्लाको जनसंख्या वृद्धिदर –१.०५ प्रतिशत रहेको छ।

२०७८ को जनगणनाको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।


प्रकाशित : २०७९ चैत्र १३, सोमबार २३:३५