
तिलोत्तमा चेम्बर अफ कर्मस तिलोत्तमा रुपन्देहीले नगर भित्रका घर धनिहरुलाई घरभाडा नबढाउन आग्रह गरेको छ ।
देशमा कोरोना र त्यसपछीको आर्थिक मन्दीका कारण ब्यापार ब्यवसाय चौपट भएको अबस्थामा घरधनिहरुलाई घर बहाल कर नबढाउन आग्रह गरेको हो । तिलोत्तमा चेम्बर अफ कर्मस तिलोत्तमाका अध्यक्ष बाबुलाल भुषालको हस्ताक्षरमा जारि बिज्ञप्तीमा घरधनिहरुलाई घर बहाल कर नबढाउन आग्रह गरिएको हो ।
पछिल्लो समय बैक तथा बित्तिय संस्थाहरुको ब्याजका कारण ब्याबसायीको अबस्था जर्जर भएको भन्दै यो अबस्था भाडा बढाउदा ब्याबसायी ब्यवसायबाट पलायन हुने भन्दै बिज्ञप्तीमा कर नबढाउन आग्रह गरिएको छ ।

