तिलोत्तमा ८ मा उद्घोषण तथा नेतृत्व बिकाश सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा ८ मा सन्चालीत ७ दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम आज समापन भएको छ । वडा न ८ का कार्यबहाक वडा अध्यक्ष कमलकान्त गौतमकको अध्यक्षता तथा वडा सचिव शिव पान्डेको सन्चालनमा तालीम समापन भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका उपमेयर जागेश्वरी चौधरीले यो तालिममा सिकेका कुरा ब्यवाहारमा उर्तान आग्रह गर्नु भयो । उहाले अव नगरले प्रतिफल आउने तालिममात्र सन्चालन गर्ने बताउनु भयो । उपमेयर चौधरीले तालिम लिइ सकेपछी ब्यतmीले लिएको सिपलाई प्रयोग गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा ले समाजको बिकाशमा महत्वपुर्ण भुमिका खेल्ने दाबि गर्नु भयो ।

कार्यक्रममा बोल्दै वडा न ८ का कार्यबहाक वडा अध्यक्ष कमलकान्त गौतमले वडाको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै वडा भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो । लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले पुरुषको तुलनामा महिलाहरु कमजोर नरहेको भन्दै बताउदै तालिम बाट ब्यवाहारमा परिवर्तन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा प्रशिक्षार्थिको तर्फ बाट मन्जु ज्ञवाली , सिता पान्डेय र कल्पना अर्यालले बोल्नु भएको थियो ।


प्रकाशित : २०७९ चैत्र १८, शनिबार १७:४२