ज्योति शान्ति टोल विकास संस्था, तिलोत्तमा,८ को साधारणसभा तथा अधिवेशन सम्पन्न

[sharethis-inline-buttons]

ज्योति शान्ति टोल विकास संस्था, तिलोत्तमा,८ रुपन्देहीको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न आज भएको छ ।

टोल बिकाश संस्थाका अध्यक्ष घनश्याम न्यौपानेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नं ८ का कार्यवाहक अध्यक्ष कमलाकान्त गौतम प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा तिलोत्तमा ८ कार्यबहाक अध्यक्ष कमलाकान्त गौतम, नेपाली कांग्रेसका तिलोत्तमाका नगर सभापति हरिलाल पाण्डेय , तिलोत्तमा नगरपालिका वडा नं ८ का टोल वडा सञ्जालका अध्यक्ष राजुमान गुरुङ् ,कमला शर्मा भण्डारीे लगायतले अधिवेशनको पूर्ण सफलता तथा नवगठित हुने समितिलाई शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशनले घनश्याम न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा नर्मदा पाण्डे, सचिव डिल्लीराज भण्डारी, कोषाध्यक्ष ईश्वरी न्यौपाने र सदस्यहरूमा रेनुका कार्की, भगवती पन्थ, पार्वती खरेल , कमला तिवारी, सरस्वती घिमिरे, राधा शर्मा भण्डारी, तुल्सीराम भण्डारी, कृष्ण प्रसाद ढकाल, दुर्गा बहादुर थापा, ज्ञान बहादुर सुनार र विष्णु प्रसाद ढकाल निर्वाचित हुनु भएको छ


प्रकाशित : २०७९ चैत्र १८, शनिबार १८:२१