रुपन्देहीको तिलोत्तमा १२ मा उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
रुपन्देहीको तिलोत्तमा १२ मा आज देखी ५दिने उद्घोषण तथा नेतृत्व बिकाश तालीम सुरु भएको छ । लुम्बिनी मिडिया हवका कार्यबहाक अध्यक्ष देव ब थापाको अध्यक्षता तथा कार्यलय प्रमुख प्रकाश गौतमको सन्चालनमा तालीम सुरु भएको हो ।

कार्यक्रममा तिलोत्तमा १२ का वडा अध्यक्ष सहदेव थारुले वडाको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै वडा भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो । वडा सदस्य यम प्र पोख्रेल , सचिव तोयश्वर चौधरी र मक्रहर टोल बिकाश संस्थाका अध्यक्ष राम ब बस्नेतले पुरुषको तुलनामा महिलाहरु कमजोर नरहेको बताउदै तालिम बाट ब्यवाहारमा परिवर्तन गर्न आग्रह गर्नु भयो ।

लुम्बिनी मिडिया हवका सदस्य अम्बीका खड्काको स्वागत , तिलोत्तमा १२ को सहयोगमा लुम्बिनी मिडिया हवले तालिमको आयोजना गरेको हो ।


प्रकाशित : २०७९ चैत्र २०, सोमबार १७:३९