तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा संस्थाको क्यालेण्डर गुल्मीको रेसुङ्गामा विमोचन

[sharethis-inline-buttons]

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा आयोजित दुई दिने आन्तरिक अवलोकन भ्रमण एवं क्यालेण्डर विमोचन कार्यक्रम गुल्मीको रेसुङ्गामा सम्पन्न भएको छ ।
चेम्बरका अध्यक्ष बाबुलाल भुसालज्यूको अध्यक्षतामा तथा बृज सिमेन्टका म्यानेजर एवं तिलोत्तमा चेम्बर अफ कमर्सका आर्थिक सल्लाहकार नुमेन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्व एवं अतिथिज्यूहरुले सान्दर्भिक शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि नुमेन्द्र पौडेलज्यूले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो साथै आउदै गरेको नयाँ वर्ष २०८० सालको सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष बाबुलाल भुसालज्यूले चेम्बरको कार्ययोजना अनुसार उद्योगी , व्यावसायिक एवं सामाजिक कार्यहरुमा निरन्तर अगाडी बढिरहेको जानकारी गराउनु भएको थियो साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले गर्दा गुल्मीको ९रेसुङ्गा तपोभुमी, रेसुङ्गा भ्यु टावर, तम्घास बजार तथा अर्घाखाँचीको सन्धिखर्क बजार, सुपादेउराली० लगायतका ठाउँहरुको अवलोकन गर्दै गुल्मीको तम्घासमा रहेकोे गुल्मी चेम्बर अफ कमर्स संग भेटघाट एवं परिचयात्मक गर्दै आआफ्ना व्यावसायिक पर्यटनका क्षेत्रका विषयमा अनुभव सटासाट भएको थियो । साथै सम्पुर्णमा आउदै गरेको २०८० सालको शुभकामना व्यक्त गर्दै समयमै क्यालेण्डर प्रकाश सम्पन्न भएकोले सबैमा आर्थिक एवं व्यावसायीक सूचना पुर्याउनमा सहयोग पुग्ने जानकारी गराउनु भएको थियो कार्यक्रममा स्वागत मन्तव्य संघका द्वितिय उपाध्यक्ष एवं भ्रमण उपसमिति संयोजक नेत्र प्रसाद न्यौपानेले राख्नु भएको थियो भने शुभकामना सल्लाहकार हरिप्रसाद उपाध्यायज्यू , सचिवालय सदस्य एवं क्यालेन्डर प्रकाशन उपसमितिका संयोजक चेतनारायण विश्वकर्मा ९विष्णु० लगायतले शुभकामना एवं आ(आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव बिष्णु बरालले गर्नु भएको थियो । साथै कार्यक्रममा क्यालेन्डर प्रकाशन उपसमितिको जिम्मेवारी संयोजक चेतनारायण विश्वकर्मा९विष्णु० सदस्यहरुमा तारा प्रसाद नेपाल, समुन्द्र श्रेष्ठ, चुडामणी सुबेदी रहेर २०८० सालको क्यालेन्डर प्रकाश कार्य सम्पन्न गर्नु भएको थियो भने आन्तरिक अवलोकन भ्रमण कार्यक्रमको संयोजकमा नेत्र प्रसाद न्यौपाने, सदस्यहरुमा चेतनारायण विश्वकर्मा ९विष्णु०, दिलमाया पुन, सुना श्रीस थापा, चुडामणी सुबेदी रहनु भएको थियोे साथै अन्य व्यवस्थापन सचीव मान बहादुर वर्माले गर्नु भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, कर्मचारीहरुको उपस्थिति रहेको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनु भएको थियो


प्रकाशित : २०७९ चैत्र २०, सोमबार १८:१९