ढाकासँग रास्वपाले माग्यो २४ घन्टे स्पष्टीकरण

[sharethis-inline-buttons]

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाका कुमार श्रेष्ठमाथि छानविन गर्ने भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुलुक ढकालले बताए ।

छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको उनले बताए ।

केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन समेत दिएको छ ।


प्रकाशित : २०७९ चैत्र २६, आईतवार १८:०३