बुटवल, चैत २७ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज साँझ बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्ध बाबामा निर्माणाधीन सुरुङ मार्गको निरीक्षण गरेका छन् ।
चिनियाँ कम्पनीले निमार्ण ठेक्का पाएको सुरुङ मार्ग निरीक्षणपछि निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्ध बाबा सुरुङ मार्ग सहित निर्माणाधीन सडक चाँडो सक्न सबै पक्षलाई बोलाएर छलफल गर्ने बताए । उनले सिद्ध बाबामा पहिरो भएको क्षति वाट रोक्नको लागि सरकारले सुरुङ मार्ग निमार्ण गरेको भन्दै समयमा सन्पन गर्ने गरी काम अगाडि जाने बताए । उनले यो सडकलाई सुरक्षित बनाउनका लागि सुरुङ मार्ग र अन्य ठाउँमा सडक सुरक्षित हुने गरी काम अघि बढाइएको बताए ।
उनले आफू मन्त्री भएपछि पहिलो पटक प्रारम्भिक जानकारी लिनका लागि निरीक्षणमा आएको स्पट पार्दे तत्कालका लागि पास भएका योजनाका कामहरूलाई गुणस्तरीय रूपमा काम गर्न निर्देशन दिएको बताए । ।
त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगै निरीक्षणमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले बुटवल–नारायणगढ सडक खण्डको काम सुस्त भएको पाइएकाले चाँडो गर्न निर्देशन दिएको बताए । उनले बुटवल नारायणगढ सडक खण्डको कामलाई अघि बढाउनका लागि निर्माण व्यवसायी र आयोजना प्रमुखलाई निर्देशन दिएको बताए

