सामुदायिक वन उपभोक्ता महासंघ बाणगंगाको अध्यक्षमा गुरुङ, प्रतिनिधि समेत चयन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
सामुदायिक वन उपभोक्ता नगर महासंघ बाणगंगाको दोस्रो अधिवेशन विभिन्न महत्वपुर्ण निर्णयका साथ सम्पन्न गरिएको छ । बाणगंगा ७ बनगाईमा सम्पन्न अधिवेशनले ४ जना पछि मनोनित गर्नेगरि लेम बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नगर महासंघ बाणगंगा गठन भएको छ । जसको उपाध्यक्षमा मीना पौडेल, सचिवमा गीता रेग्मी, कोषाध्यक्षमा मन्जु महत्रा त्यसैगरि सदस्यहरुमा पदम बेल्बासे, हुमा सारु, पबित्रा बेल्बासे, तुल्सा पाण्डे र गीता शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । नगर महासंघ अन्तर्गत बाबुराम बस्नेतको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ जसको सदस्यहरुमा जितमान विक र बिष्णु तिवारी रहनुभएको छ । त्यस्तै खड्क बहादुर थापाको संयोजकत्वमा न्यायिक समिति चयन गरिएको छ जसको सदस्यमा गंगा शिलवाल रहनुभएको छ ।

नयाँ समितीलाई महासंघ केन्द्रिय सदस्य बालिका बुढाथोकीले शपथ ग्रहण गराउनुभएको थियो ।

नवगठित समितीका अध्यक्ष गुरुङले नगर अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै महासंघलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट गरिएको छ । जसमा शान्ता केसी, मान बहादुर कार्की, धुर्व बेल्बासे, लक्ष्मी दर्जी, कमला परियार र बेदुराम पोख्रेल रहनुभएको छ ।

त्यस्तै प्रदेश अधिवेशनका लागि पनि हुमा अधिकारी, लक्ष्मण खड्का, हुमनाथ भट्राई, उमेश चन्द्र पौडेल, जानकी चौधरी, पुर्णकला भट्राई गरि ६ जना प्रतिनिधि छनौट गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष तथा बाणगंगा नगर निवर्तमान अध्यक्ष हुमनाथ भट्राईले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

हुमनाथ भट्राइको अध्यक्षता, महासंघ केन्द्रिय सदस्य बालिका बुढाथोकीको प्रमुख आतिथ्यता, प्रदेश सदस्य हुमा अधिकारी, जिल्ला उपाध्यक्ष बलराम भुसालको विशिष्ठ आतिथ्यता, साझेदारी वनका सदस्य भिम बहादुर थापा लगायतको आतिथ्यता रहेको कार्यक्रम उदयराज थारुको स्वागत तथा नगर सदस्य दुर्गा प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 


प्रकाशित : २०७९ चैत्र २९, बुधबार १६:३१