एसीसी प्रिमियर क्रिकेटमा नेपालको विजयी सुरुवात

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।


प्रकाशित : २०८० बैशाख ५, मंगलवार १६:२५