करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा ७ को एघारौ साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

तिलोत्तमा

प्रकाश गौतम

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर सातमा रहेको करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको एघारौ साधारण सभा सम्पन्न भएको छ। आज एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष हेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर एकका संघीय सासद छविलाल विश्वकर्मा,विशिष्ठ अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाड ,उपप्रमुख जागेश्वरी चौधरी, खानेपानी तथा ढल ब्यवस्था आयोजना रुपन्देहीका प्रमुख विनोद भुजेल,खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, खानेपानी तथा सरसफाई डिभिजन प्रमुख गुणानीधि पोख्ररेल,संस्थाका संस्थापक अध्यक्ष गंगा शाही,निर्वतमान अध्यक्ष यम बहादुर पुन,टोल संस्थाका प्रतिनिधिहरुको तर्फबाट भिमा शर्मा,हेमनाथ ज्ञवाली,समाजसेवी राजेन्द्र सुवेदी, लगायतले बोल्दै सहभागीले खानेपानीका समस्या, खानेपानीका मुहानकोे संरक्षण,पानीको रिचार्ज,ब्यवस्थापनदेखि जनचेतनामुलक कार्यक्रमलाई एकजुट भएर समयसापेक्ष अगाडी बढन सुझाव दिए ।

कार्यक्रमको संचालन संस्थाका सचिव दिपक भण्डारीले स्वागत वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद रेग्मी र उपाध्यक्ष लिलमाया रानाले धन्यवाद दिनुभएको थियो ।


प्रकाशित : २०८० बैशाख ९, शनिबार १६:४२