चितवनमा रविको झण्डै दोब्बर मतले अग्रता

[sharethis-inline-buttons]

चितवनमा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका छन्।

इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिएको छ।


प्रकाशित : २०८० बैशाख ११, सोमबार १६:५०