
प्रकाश गौतम
रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडीको आयोजनामा ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको आज सम्पन्न भएको छ ।शुद्धोधन गाउँपालिका वडा न ६ का अध्यक्ष उपेन्द्र शाहानीको अध्यक्षता तथा शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु बस्यालले गाउंपालिका भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो । उहाले भौतिक बिकाश संगै मानबिय बिकाश आवश्यक रहेको दावि गर्नु भयो । उहाले गाउंपालिकालाई छीट्टै बालमैत्रि गाउपालिका घोषणा गर्ने गरि काम भैरहेको दावि गर्नु भयो । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोख्रेलले तालीम पछी ब्यवाहारिक परिवर्तन आवस्यक रहेको भन्दै तालिम तालिममा सिमित नराख्न आग्रह गर्नु भयो । कार्यक्रममा वडा न ६ का अध्यक्ष उपेन्द्र शाहानीले पुरुषको तुलनामा महिलाहरु कमजोर नरहेको बताउदै तालिम बाट ब्यवाहारमा परिवर्तन गर्न आग्रह गर्नु भयो ।
सहभागी बाटै सन्चालन भएको कार्यक्रममा ६ जनाशहभागीले मन्तब्य राख्नु भएको कार्यक्रमा शुद्धोधन गाउँपालिकाका मान ब भन्डारी स्वागतमा सम्पन्न भएको थियो ।