नेपाल जुलाजिकल सोसाइटीको नेतृत्वमा लुम्बिनी क्षेत्रमा पाइने सारस क्रेनको एकिन तथ्याङ्क पत्ता लगाउनको लागि खोज अनुसन्धान कार्य हुने भएको छ।
हाल लुम्बिनी फरक फरक प्रजातिमा ४५० देखी ७ सय सम्म सारस रहेको विभिन्न अध्ययनहरूले देखाए पनि एकिन सङ्ख्या नभएपछि नेपाल जुलाजिकल सोसाइटीले अध्ययन गरेर वास्तविकता पत्ता लगाउने भएको हो ।
१८ वटा समूहहरूले १० दिन सम्म गरिने अध्ययनबाट लुम्बिनी क्षेत्रका सारस क्रेन अवस्था, एकिन सङ्ख्या,उनीहरूको विकास आदिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल जुलाजिकल सोसाइटीको आयोजनामा त्रिवि प्राणी शास्त्र केन्द्रीय विभाग, डब्ल्यु डब्ल्यु एफ नेपाल, इन्टरनेशनल क्रेन फाउन्डेसन र नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा(आज)बुधवार लुम्बिनीमा सारस क्रेन सङ्ख्या पत्ता लगाउने विधि बारेमा अभिमुखीकरण तथा कार्यशाला सम्पन्न गरेको छ ।
नेपाल जुलाजिकल सोसाइटी लुम्बिनी अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा र प्रदेश पर्यटन विकाश परिषद्का कार्यकारी निर्देशक रामु जैसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।
डा हेम कटुवालले नेपालमा सारसको अवस्था,चुनौतीबारे,राजेन्द्र सुवालले सारसको विकाश र सांस्कृतिक महत्त्व, सिमसार संरक्षण र दिगो पर्यटनको बारेमा जानकारी दिएका थिए । सारस क्रेनले गर्दा लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटनहरू आउने गरेका छन्। यस्तै डा विष्णु प्रसाद भट्टराई र संदिप रेग्मीले सारसको तथ्याङ्क सङ्कलनमा प्रयोग हुने प्रविधि र ग्रिडको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका डा हरि प्रसाद शर्मा,नेपाल जुलाजिकल सोसाइटी, केन्द्रीय सदस्य केशव महत,ग्रिन यूथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी लगायत बोल्दै सारस क्रेनको संरक्षण गर्दे विभिन्न लाभ लिन सकिनेमा जोड दिएका थिए ।सारस क्रेन नेपालमा चितवनदेखि कञ्चनपुर सम्म पाइने चरा हो ।उक्त अभिमुखीकरण कार्यक्रमका त्रिभुवन विश्वविद्यालय र स्थानीय स्रोत व्यक्तिहरू गरी ४० जनाको सहभागिता प्रदेश अध्यक्ष बाबुराम बन्जाडेले बताए । विश्वको अग्लो ठाउँमा पाइने सारस आउँदा किसानहरूले उव्जानी राम्रो हुने विश्वास गर्दछन् ।
लुम्बिनीमा सारसको वृहत् अध्ययन हुँदै
प्रकाशित : २०८० बैशाख १३, बुधबार २१:०७
© 2023: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech