ताजा अपडेट

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

७२ दिन स्वास्थ्य मन्त्रालय सम्हाल्दा विष्णु पन्थीले छाडेका अविस्मरणीय उपलब्धी

Lumbini Darpan 2 २०८० बैशाख १४, बिहीबार २१:०६
[sharethis-inline-buttons]

हरि अधिकारी, कपिलवस्तु 
प्रदेश सभाको दोश्रो कार्यकालमा विष्णु पन्थीलाई पहिलो पटक मन्त्री बन्ने अवसर मिल्यो । मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वको प्रदेश सरकारमा अर्थमन्त्रीको चर्चामा रहेपनि त्यो अवसर पन्थीले पाउनुभएन । संघीयताको पहिलो कार्यकालमै मन्त्रीको चर्चा पटक पटक भएपनि पन्थीलाई त्यो अवसर मिलेको थिएन । कपिलवस्तुबाट दोश्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित पन्थीको रोजाईमा अर्थ भएपनि स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने अवसर मिल्यो ।
कम्तीमा पनि अढाई बर्ष काम गर्ने सोचका साथ स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका पन्थीले धेरै समय काम गर्ने अवसर पाउनुभएन । माघ २९ गते पदभार ग्रहण गर्नुभएका स्वास्थ्य मन्त्री पन्थीले जम्माजम्मी ७२ दिन मात्रै मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । हालको मन्त्रिपरिष्दमा स्वास्थ्य मन्त्री पन्थीले छोटो अवधीमै धेरै महत्वपूर्ण काम गरेको चर्चा लुम्बिनी प्रदेश सरकारमा छ । उहाँले जुनसुकै मन्त्रालयको जिम्मेवारी दिएपनि कुशलतापूर्वक काम गर्नसक्ने क्षमता र दक्षता पुष्टी भएको छ । ७२ दिन ४२ काम स्वास्थ्यमा उज्यालो घाम भन्नु मनासिव होला ।

७२ दिनको जिम्मेवारी पुरागर्दै मन्त्री पन्थीले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण नीतिगत निर्णय र कार्यान्वयनमा जोड दिनुभयो । यस अवधीमा स्वास्थ्य मन्त्रीले गर्नुभएको मेहनत र सोचलाई मन्त्रालयका उच्च अधिकारी कर्मचारीहरुले प्रशंसा गरेका छन् । मन्त्रालयको कामको हिसावले अहिलेका उपलब्धी २।३ वर्षकै उपलब्धी भएको प्रतिकृया दिएका छन् । मन्त्री पन्थीले छोटो समयमै मन्त्रालयको सफल नेतृत्व गरेको मन्त्रालय बृतमा छ । यद्यपी यही अवधिमा राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन भए ।

पदभार ग्रहण गरेलगत्तै उहाँले गरेका निर्णय र प्रतिवद्धता पुरा भएका छन् । स्वास्थ्य मन्त्रीको पदभार ग्रहण लगत्तै मन्त्री पन्थीले प्रादेशिक सरुवा रोग अस्पताल चन्द्रौटाको शुरुवात गर्ने निर्णय कार्यान्वयन गर्दै शिलान्यास गर्दै निर्माण कार्य शुरुभएको छ ।

कपिलवस्तु अस्पताल तौलिहवाको स्तरउन्नती गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्नुभएको छ । २०७६ सालमा कपिलवस्तु अस्पताल तौलिहवाले ५० बेडको स्वीकृति पाएको थियो । अस्पतालको सेवा प्रवाह र कार्यसम्पादन उत्कृष्ट रहेको कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गर्नुभएको हो ।

एक वर्षदेखि कोभिड कोषमा थन्किएर रहेको रकम मृतक परिवारले नपाउदा समस्यामा परेका थिए । कोभिड कोष संचालक समितिको वैठक वसाली ६ सय ३६ जनाको मृत्यु भएका परिवारले पाउने जनही १ लाख गरी ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाउनु भएको छ । पीडासंगै आर्थिक समस्या झेलिरहेका मृतक परिवारलाई सोे रकमले ठुलो राहत हुने देखिएकाले तत्काल रकम पठाउने निर्णय गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशको आयुर्वेद चिकित्सालय बुटवलको अनुगमन पश्चात् सेवा लिन आउने विरामीको बढ्दो चाप र पूर्वाधारको अवस्था देखेपछि अस्पतालको स्तरउन्नती गर्नुपर्ने आवश्यकता देखिएको थियो । सोही अनुसार लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैयायुक्त अन्तरंग सेवा प्रवाहका लागि स्तरउन्नती गर्नुभएको हो ।

कोरोनाको पहिलो संक्रमणदेखि हालसम्म कार्यरत रहेका लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी सिर्जना भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा १९३ जना र राप्ती प्रादेशिक अस्पतालमा ४३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरीएको हो । कोभिडका वेला ठूलो समस्याको रुपमा खड्कीएको जनशक्ति अभाव पूर्ति भएको छ । यो ठूलो सफलता हो ।

स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयहरुमा नेपाल स्वास्थ्य सेवा अन्तर्गत नवौं तह विषेशज्ञ चिकित्सक तथा नर्सिङ प्रशासकको स्वीकृत दरबन्दीमा रिक्त पदमा अस्थायी करार मार्फत पदपूर्ति नहुँदा चिकित्सकको अभावमा अस्पतालहरुको सेवा प्रभावित भई ढिलासुस्ती हुने, सेवाग्राही मर्का परी स्वास्थ्य सेवामा जटिलता देखिएको थियो । विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने नीतिगत निर्णय गरी लुम्बिनी प्रदेशका अस्पतालहरुको सेवामा सहजता ल्याउनका लागि नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरि ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढेको छ ।

त्यस्तै कपिलवस्तु अस्पताल तौलिहवा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा सुचारु हुन सकेको थिएन । डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै मेडिकल सामग्री व्यबस्थापन भएको छ ।

निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । अव सरकारी वाहेकका अस्पतालहरुमा समेत निशुल्क ब्लडको व्यवस्था भई प्रदेशवासीलाई सहजता हुने भएको छ ।
मन्त्रालयले लागत साझेदारी कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागी स्वास्थ्य संस्था छनौट गरी १ करोड ३३ लाख बराबरको सम्झौताको काम अघि बढाउनु भएको छ ।

मन्त्री पन्थीले प्रादेशीक अस्पताल बुटवल,राप्ती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल प्यूठान, पाल्पा सहितका अस्पतालमा संचालक समितीको अध्यक्ष र सदस्यहरुमा सक्षम नेतृत्व नियुक्त गर्नुभएको छ ।

दर्जनौ अस्पताललाई अल्ट्रासाउण्ड मेसिन, अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटीलाइट, आइसियू वेड लगाएतका सामग्री उपलब्ध गराउनु भएको छ ।
स्वास्थ्य मन्त्री विष्णु पन्थी स्वास्थ्य मन्त्रालयमा रहदा सम्पादन भएका मुख्य कार्यहरुको बुँदागत प्रगती विवरण तल उल्लेख गरिएको छ ।

  1. कपिलवस्तु अस्पताल तौलिहवालाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नती गरिएको ।
  2. लुम्बिनी प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलान्यास गरिएको ।
  3. लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यायुक्त अन्तरङ्ग सेवा प्रवाहका स्तरउन्नती गरिएको ।
  4. लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा क्रमश १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत प्रदान गरिएको ।
  5. कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठक बसी ६ सय ३६ जना कोभिड १९ बाट मृत्यु भएका परिवारले पाउने जनही रु १/१ लाख गरी कूल जम्मा ६ करोड ३६ लाख राहत रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको ।
  6. नवौँ तहका विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था गरि ६९ जनाको नियुक्ति प्रक्रिया अघि बढाइएको ।
  7. कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन गरिएको।
  8. निशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको ।
  9. लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन प्रकिया अघि बढाइएको ।
  10. मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि स्थापना देखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस गरिएको।
  1. राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नरसिंग प्रशासक व्यवस्थापन गरिएको ।
  2. राप्ती प्रादेशिक अस्पतालमा nicu र picu (नवजात शिसु) सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन गरिएको ।
  3. राप्ती प्रादेशिक अस्पतालमा नाक कान घटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन गरिएको ।
  4. भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालनमा ल्याइएको ।
  5. प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिन सहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, examination टेबल, आइसियु बेड, इसिजी, Bipap, patient monitor महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण गरिएको ।
  6. स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश गरिएको ।
  7. प्रदेश जनस्वास्थ्य ऐन मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालाहरुसंग पृष्ठपोषण लिइ अन्तिम रुप दिने कार्य भइरहेको ।
  8. २ वटा प्रादेशिक अस्पताल सहित जिल्लाका अस्पताल विकास समितीमा रिक्त रहेका अध्यक्ष्य तथा सदस्यहरुको नियुक्ती गरिएको ।
  9. सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृत गरिएको ।
  10. लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागी छनौट गरि १ करोड ३३ लाख बराबरको सम्झौताको काम अघि बढाइएको(लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी) ।
  11. अस्पताल सुदृढीकरण कार्यक्रम मार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा गरिएको ।
  12. अस्पतालमा रिक्त मेडिकल सुपरिड़ेन्टेन्डको नियुक्ती गरिएको ।
  13. राप्ती गाउपालिकालाई एक थान एम्बुलेन्स सहयोग प्रक्रिया अघि बढेको ।
  14. नीति संबाद संचालन गरि प्रदेशका स्वास्थ्य प्राथमिकता र बिगत बर्षहरुदेखि संचालनमा आएका कार्यक्रमहरुको प्रभावकारिताको लेखाजोखा गरिएको ।
  • प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण भैरहेको।
  1. बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात गरिएको।
  • विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन गरिएको ।
  1. प्रदेश सरकारको लगानीमा निर्माण भैरहेका स्वास्थ्य पूर्वाधारहरुको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको ।
  • प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अनुगमन तथा सहयोगी सुपरिवेक्षण गरिएको ।
  • ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुको जटीलता पत्ता लगाउन नर्सिंग कर्मचारीहरुलाई ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरि २५ थान पोर्टेबल अल्ट्रासाउण्डमेसिन समेत वितरण गरिएको ।
  1. BSL-II Standard मा सेवा बिस्तार सहित प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएको।
  2. ज्येष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम संचालन गरि जेष्ठ नागरिकहरुलाई घरमै गइ सेवा प्रदान गर्ने कार्य भइरहेको ।
  3. थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचारका कार्य भइरहेको।
  4. अस्पतालको न्युनतम सेवा मापदण्डको स्कोरमा सुधार भएको, लुम्बिनी प्रदेशका ४ ओटा अस्पतालहरु देशकै उत्कृष्ठ दश अस्पतालमा परेको ।
  5. आयुर्वेद तथा वैकल्पिक चिकित्साको क्षेत्रमा सेवा बिस्तार गरि सेवा प्रवाह गरिएको।
  6. गुल्मी बलेटक्सार स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन तथा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको ।
  7. लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण सस्था बेलझुण्डी, प्रस्तावित भालुवाङ अस्पताल निर्माण स्थल, देवदह नगर अस्पताल खैरेनी, लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, नेपाल नेत्रज्योति संघ आखा अस्पताल कपिलवस्तु लगाएत विभिन्न अस्पतालको निरिक्षण गरिएको ।
  8. हात्तिपाइले रोग विरुद्ध औषधी सेवन अभियान शुभारम्भ (कपिलवस्तु, दाङ, बाँके) गरिएको।
  9. प्रदेश विपद् व्यवस्थापन परिषद् र प्रदेश स्तरीय औलो निवारण निर्देशक समितिको प्रथम वैठक गरिएको ।
  10. डुमरा स्वास्थ्य चौकी मायादेवी ६ कपिलवस्तुको भवन शिलान्यास गरिएको ।
  11. रुरल मेडिकल रेस्पोन्डर स्वास्थ्य तालिम, स्वास्थ्य सम्बन्धी VCAT तालिम संचालन गरिएको ।
  12. ७५ औं विश्व स्वास्थ्य दिवस, विश्व औलो दिवसमा सचेतना सहित मनाइएको ।

प्रकाशित : २०८० बैशाख १४, बिहीबार २१:०६

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी

कपिलवस्तुको कृष्णनगरबाट साढे ५ लाख बढीको अवैध सामग्री बरामद

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना

देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना शुरू

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

भर्खरै

  • कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

  • लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

  • लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने

  • माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

  • कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

  • म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन

  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

  • बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech