
लुदअ बैशाख १७, काठमाण्डौ
वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लगातारजसो परेको पानीका कारण छतको पर्खाल खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

