एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई १ सय १७ रनमा अलआउट

[sharethis-inline-buttons]

लुदअ बैशाख १९, काठमाण्डौ
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई १ सय १७ रनमा अलआउट भएको छ । यूएई ३३ ओभर १ बलमा अलआउट भयो ।

यूएईले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु भएको थियो । कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा थियो ।

अन्तिम विकेटका रुपमा आज यूएईका जुनैद सिद्दिक आउट भए । नेपालका ललित राजवंशील विकेट लिए ।

आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

एकदिवसीय वरीयतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ । आजको खेलमा दर्शकलाई निस्शुल्क प्रवेश छ ।


प्रकाशित : २०८० बैशाख १९, मंगलवार ०९:५२