ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विकासका योजना छिटो सम्पन्न गर्ने नगरमै लगातार पहिलो बन्यो ७ नम्बर वडा (तथ्यांक सहित)

Lumbini Darpan 2 २०८० बैशाख २८, बिहीबार ०७:५९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नयाँ नयाँ रचनात्मक र सिर्जनात्मक काम गर्दै विकासका योजनाहरु अरु वडा भन्दा छिटो छरितो सम्पन्न गर्दै आएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ७ नं. वडाले यस बर्ष पनि आफ्नो पहिचान अग्रस्थानमा कायम गर्न सफल भएको छ । चालु आर्थिक बर्ष २०७९/०८० मा पनि अन्य वडाहरु भन्दा बढी योजनाहरु छनौट गरेको ७ नं. वडाले नै छिटो छरितो योजनाहरु सञ्चालन, अनुगमन र फर्स्यौट (निकासा) गर्न नगरपालिकामै रेकर्ड कायम गरेको छ ।]

थोरै योजना छनौट गरेका वडाले छिटो छरितो योजना सक्नुपर्नेमा धेरै योजना छनौट गरेको वडाले छिटो योजना सम्पन्न गरि जनतालाई विकासको अनुभुति दिलाएको छ । योजना सम्पन्न गर्नमा सानो वडा र ठुलो वडा भन्ने हुंदैन । किनकी योजनाहरु सञ्चालन र फरफारक गर्ने विधि र प्रक्रिया सबैको एउटै हुन्छ । तसर्थ ७ नं. वडा विकासमा अब्बल सावित भएको नगरपालिकाको तथ्यांकले देखाएको छ ।

बाणगंगा नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार २०७९ श्रावण १ देखि बैशाख सम्मको वडागत योजना फर्स्यौट (निकासा) को अवस्था यस्तो रहेको छ ।

 

यो तथ्यांकलाई विश्लेषण गर्दा अब निर्वाचन पछि को एक कार्यकाल सकिन करिव डेढ महिना मात्र बाँकी छ । आगामी आर्थिक बर्ष २०८०/८१ का लागि योजना बनाउने बेला भईसकेको छ । तसर्थ चालु आर्थिक बर्षको योजना सम्पन्न गर्न पछाडि परेका वडाहरुले कसरी शत प्रतिशत योजना सम्पन्न गर्लान् ? चासोको बिषय बनेको छ ।

वडा नंं ७ को जम्मा ५७ वटा योजनाहरु मध्ये ७२ प्रतिशत योजनाको फर्स्यौट भएको तथ्यांक नगरपालिकासंग छ । यो बर्षका योजना अबको केहि दिनमा सकाउने र एकोहोरो भई आगामी आर्थिक बर्षका लागि योजना निर्माण तर्फ केन्द्रित हुने वडाध्यक्ष बिष्णु गिरी बताउनुहुन्छ । अघिल्लो कार्यकालमा पनि ७ नम्बर वडा योजना छिटो छरितो संचालन गर्न ५ बर्ष नै बाणगंगा नगरपालिकामा अगाडि रहेको छ । दोस्रो कार्यकालको पहिलो बर्ष पनि सोहि वडा नै पहिलो भएको छ ।

त्यस्तै योजना फर्स्यौट गर्नेमा दोस्रोमा वडा नंं ४ रहेको छ । जस्ले जम्मा ३४ योजना मध्ये ६८ प्रतिशत योजना फर्स्यौट गरेको छ भने तेस्रोमा रहेको वडा नंं २ ले जम्मा ३२ योजना मध्ये ६७ प्रतिशत फर्स्यौट गर्न सफल भएको छ ।

यता क्रमशः वडा नंं. १ ले जम्मा ४२ वटा योजना मध्ये ४९ प्रतिशत, ३ ले ४३ जम्मा योजना मध्ये ४५ प्रतिशत, वडा नंं ५ ले जम्मा ३७ योजना मध्ये १७ प्रतिशत, वडा नंं ६ ले जम्मा ३३ योजना मध्ये ४७ प्रतिशत योजना निकासा गरेको छ । त्यस्तै वडा नंं ८ ले जम्मा ५७ वटा योजना मध्ये ४४ प्रतिशत, वडा नंं ९ ले जम्मा ४७ योजना मध्ये ६६ प्रतिशत, वडा नं. १० ले जम्मा ६१ योजना मध्ये ५६ प्रतिशत र वडा नंं. ११ का जम्मा ४८ योजना मध्ये ३७ प्रतिशत योजना फर्स्यौट अर्थात निकासा गर्न सफल भएका छन् ।

हरेक बर्ष बाणगंगा नगरपालिकामै विकासमा अगाडि आउनुमा के राज छ ? भनी वडाध्यक्ष गिरीलाई प्रश्न गर्दा वडाका जनप्रतिनिधि र टोल विकास संस्थाको सक्रियता र जनताको साथ छ । जिम्मेवारी लिईसके पछि पुरा गर्नपर्छ, जनताको अमुल्य मतलाई खेर फाल्नु हुंदैन भन्ने सोंचेर सोहि अनुसार आफु अहोरात्र खटेर काम गरेकाले यो नतिजा आउन सफल भएको बताउनुहुन्छ ।

अरु भन्दा फरक काम गर्न रुचाउने वडाध्यक्ष गिरीले सुत्केरी महिलाहरुलाई घरघरमा नै गई घ्यु, मह, लोकल भाले, अण्डा लगायतका पौष्टिक आहार दिने, महिला आत्मनिर्भरताका लागि वडा भित्र सिलाई कटाई तालिम गरेका र सिलाउन सीप भएका सबैलाई सिलाई मेसिन वितरण, फुलहरु लगाई घर आँगन सिंगार्नेलाई फुलका विरुवा र गमलाहरु दिई सम्मान गर्ने, सेवामा पहुँच पु–याउन वाल विकास केन्द्रका सहयोगी कार्यकता, महिला स्वयंसेवीका, स्वास्थ्यकर्मीलाई साईकल, दलितलाई पञ्चेबाजा, आरन सञ्चालन सामग्रीहरु दिने, अपांगता भएका व्यक्ति आत्मनिर्भरताका लागि ब्याउने बाख्रा, बृद्धबृद्धा सम्मान संरक्षणका लागि पोषण, न्यानो सल, ज्याकेट, वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै वालवालिकाहरुलाई जाडोमा न्यानो स्वीटर, बाल विकास केन्द्र र विद्यालयलाई टि.भी., ल्यापटप, प्रोजेक्टर, शैक्षिक सामग्री, युवाहरुलाई खेलमा प्रतिस्पर्धा, खेल सामग्री, पोशाक, व्यवसायीक युवा तथा कृषकलाई प्रोत्साहन अनुदान, एक घर एक कागती विरुवा वितरण कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार, धरहरा निर्माण, फुसको छानो हटाऔं, कर्कटपाता लगाऔं अभियान संचालन, निःशुल्क बिद्युतका मिटरहरु वितरण, चोक चोकमा फलामको आकर्षक र आरामदायी छाता प्रतिक्षालयहरु निर्माण जस्ता थुप्रै रचनात्मक र सिर्जनात्मक कामहरु गरि ७ नं. वडाले चर्चा कमाउदै आएको छ ।

अघिल्लो ५ बर्षे कार्यकाल र पछिल्लो निर्वाचनको पहिलो कार्यकालमा यी सबै कामले वडाध्यक्ष बिष्णु गिरी एक कुशल जनप्रतिनिधिको रुपमा स्थापित भई जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन सफल हुनुभएको वडावासीले बताएका छन् ।

वडा नं. ७ मा वडाध्यक्ष गिरी सहित वडा सदस्यहरु मुम बहादुर पाण्डे, हरि शंकर पौडेल, सावित्रा थारु र पार्वती सुनारको जनप्रतिनिधिको टिमले सक्रियता पुर्वक वडावासीको चाहाना अनुरुप काम गर्नका लागि खटिरहेको वडा सचिव सन्तोष कुमार बैठाले बताउनुभयो ।

 

 


प्रकाशित : २०८० बैशाख २८, बिहीबार ०७:५९

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech