
लुदस, जितपुर
घना मानव बस्तीबाट हाइटेन्सन लाइन लान लागेको भनेर स्थानीयले विरोध गर्दै आएका छन् ।
कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
कपिलवस्तुको बाणगंगा ६ र कपिलवस्तु नगरपालिका ९ का बासिन्दाले संघर्ष समिति बनाएर सो प्रसारण लाईन अन्य क्षेत्रबाट लैजानुपर्ने भन्दै विकल्पसहित प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरण तौलिहवा शाखा , कपिलवस्तु नगरपालिका वडा नं ९ र १० तथा बाणगंगा नगरपालिका, र वडा नं ६ मा ज्ञापनपत्र बुझाएको संघर्ष समितिका उपाध्यक्ष लेम बहादुर गुरुङ्गले जानकारी दिए ।
दुई वडाको भेलाले गणेश पौडेललको अध्यक्षतामा १७ सदस्य संघर्ष समिति चयन गरेको छ । जसको उपाध्यक्षमा लेम बहादुर गुरुङ्ग, सचिवमा इन्दर हरिजन, कोषाध्यक्षमा लक्ष्मी बेल्वासे पौडेल, लगाएत अन्य सदस्यमा रहेका छन् । संघर्ष समितिले घना बस्ती क्षेत्रबाट सो प्रसारण लाईन विस्तार गर्दा ठुलो क्षेती पुग्ने भन्दै कम क्षती हुनेगरि अन्य क्षेत्र अपनाउनुपर्ने भन्दै त्यसो नभए जस्तो सुकै चुनौती समेत सामना गर्न जनता तयार हुने बताएका छन् ।

