पहिलो पाइला नेपाल बुटवल शाखाको तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
पहिलो पाइला नेपाल बुटवल शाखाको तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको एसियन पार्टी प्यालेस मा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पारस मरासिनीले गर्नु भएको थियो भने प्रमुख अतिथि पहिलो पाइला नेपाल केन्द्रिय अध्यक्ष निराजन धमला ले गर्नु भएको थियोे ।

संस्थाका निवर्तमान अध्यक्ष आयुष पौडेल, बिनोद महत, बाबुराम बन्जाडे, कृष्ण चौहान, शालिक भुषालको विशिष्ठ आतिथ्यता रहेको थियो । त्यस्तै सल्लाहकार ठाकुर गौरे, गंगाधर न्यौपाने, खुबिराम आचार्य, सुदन ज्ञवाली, कृष्ण राउत रन्जित दनै, मिहिर कर्न, राजिब खनाल, केशव खनाल, भरत जंग क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका उपाध्यक्ष लक्ष्मी केसिको स्वागत रहेको कार्यक्रममा सचिव गोमा भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा सस्था अध्यक्ष पारस मरासिनीले आफ्नो कार्यकाल मा ७३ कार्यक्रमहरु भएको बताउदै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । जस्मा भाग्य बोक्ने झोला बितरण, न्यानो माया अभियान, सेनेटरी प्याडल बितरण, रक्तदान कार्यक्रम, नगदी खाम अभियान, सरसफाइ कार्यक्रम, पहिलो पाइला मोबाइल चार्जीङ स्टेसनको स्थापना, ब्लड बैक लाई बेड हस्तान्तरण, लगाएतका कार्यक्रमहरु गर्न सफल भएको बताउदै सम्पुर्ण कार्यक्रम संयोजक, सह संयोजक, केन्द्रिय समिती, शाखाका पदाधिकारी, सदस्य, सल्लाहकारलाई आभार व्यक्त गर्नुभयो ।

त्यस्तै सम्पूर्ण सहयोग दाता, शुभचिन्तकका कारण आफू र आफ्नो टिम सफल भएको बताउदै सस्थाले नवलपरासी , रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची गरि लुम्बिनी प्रदेश का ६ वटा जिल्लामा कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।

पहिलो पाईला नेपाल बुटवल शाखा को तेस्रो अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट सर्वसम्मत रुपमा अध्यक्षमा बिनोद बस्याल, उपाध्यक्षमा सन्तोष बन्जाडे, गोमा भट्टराई, सचिवमा राजन अधिकारी, सह सचिवमा मनिष खनाल, केशव खनाल, कोषाध्यक्षमा सन्तोष केसि, सह कोषाध्यक्ष नरेश न्यौपाने चयन हुनुभएको छ भने कार्यसमिति सदस्यहरुमा गौरब खनाल, सुवास भट्टराई, निर्मल बेल्वासे, श्याम सुन्दर ठाकुर, बिकास पौडेल निर्वाचित हुनु भएको छ।


प्रकाशित : २०८० जेष्ठ २, मंगलवार १६:३०