आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ ३, काठमाण्डौ
आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।

२००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिनुहुन्छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।

यस्तै, एमालेबाट अलग्गिएर बनेको एकिकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।


प्रकाशित : २०८० जेष्ठ ३, बुधबार ०८:११