ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शरणार्थी प्रकरणमा थापा परिवार: घरभित्रै घुस लिनेको गोल चक्कर

लुम्बिनी दर्पण २०८० जेष्ठ ११, बिहीबार १३:०८
[sharethis-inline-buttons]

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपन्चमा राज्यका उच्च ओहोदाका व्यक्तिको संलग्नता छताछुल्ल छ। पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि मन्त्रालयका सचिवसम्मको संलग्नताले ‘भुटानी शरणार्थी प्रकरण’मा थप रहस्यहरु खुल्दै गएको छ।

नेपालीको गरिबीको फाइदा उठाउँदै राज्यका उच्च ओहोदाका व्यक्तिले अकुत सम्पत्ति कुम्ल्याउने प्रपन्चको भण्डाफोर भइरहेको छ। जसमा नेकपा (एमाले)का निलम्बित सचिव तथा पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको ‘ग्राइण्ड डिजाइन’ देखिन्छ।

रायमाझीको योजनामा तयार भएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा उच्च पदस्थ नेताका परिवार नै मरी–मरी लागेको रहस्यहरु खुल्दै गएको छ। राज्यको उच्च तहमा भएको फाइदा उठाउँदै ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा परिवार नै संलग्न भएकाहरुमा पूर्वउपप्रधानमन्त्री रायमाझी, एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई छन्।

यो प्रकरणमा रोचक त के छ भने पूर्वगृहमन्त्री बादल प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएपनि गृहमन्त्री हुँदा आपराधिक गतिविधिमा संलग्न रहेको देखिन्छ। आफू गृहमन्त्री रहेका बेला ठूलो आपराधिक गतिविधि भइरहँदा पनि बादलले देखेर पनि नदेखेको जस्तो गरेर अपराधलाई सघाएको प्रहरीकाे प्रतिवेदनमा देखिन्छ।

त्यति मात्रै नभएर उनले आफ्नो भागको रकम बुझ्न छोरा प्रतीक थापालाई ‘डिल’ गर्न र श्रीमती अर्थात् पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई प्रयोग गरेको देखिन्छ। साथमा यो प्रकरणमा जोडिएका उच्च तहका व्यक्ति टोपबहादुरले आफ्ना छोरा सन्दीप रायमाझी र इन्द्रजित राईले पनि छोरा निरज राईलाई रकम बुझ्न प्रयोग गरेको देखिएको छ। यीमध्ये ‘छोरा ग्याङ’का सन्दीप पक्राउ परेका छन् भने प्रतीक र निरज पक्राउ पुर्जी जारी भएपछि फरार छन्।

यता ‘बाउ ग्याङ’का टोपबहादुर रायमाझी र इन्द्रजित राई पक्राउ परिसकेका छन्। तर प्रहरीले ‘बाउ ग्याङ’ श्रीमान–श्रीमती बादल र नैनकलालाई सामान्य सोधपुछसमेत गरेको छैन। यो प्रकरणमा बादल दम्पती मौन छन्। विवादित प्रसंगमा गजधम्म परेर बस्ने ‘बादल कला’ यो पटक घरभित्रै सीमित भएको छ।

गृहमन्त्री हुँदा अपरोधमा संलग्न बादलको कर्तुतले अहिले देश नै हलचल भएको छ। बादल गृहमन्त्री रहेकै बेला वि. सं. २०७६ जेठ ३० गते भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्या समाधानको लागि भन्दै कार्यदल गठन भएको थियो। उक्त कार्यदल गिरोहकै इसारामा बनेको थियो। पूर्वगृहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलमा विज्ञका रुपमा गणेशबहादुर केसीलाई सदस्य बनाइएको थियो। उनलाई पक्राउ परेका ललितपुरका सानु भण्डारीको रोजाइमा कार्यदलमा राखिएको थियो। सानु भण्डारी पूर्वउपप्रधानमन्त्री टोपबहादुरका नजिकका व्यक्ति हुन्।

यस्तै बादलका सुरक्षा सल्लाहकार राईले यो योजनाको काम गर्न गृह मन्त्रालयमा नै अड्डा जमाएको तथ्य खुलेको छ। बादल गृहमन्त्री भएकै समयमा राई र टोपबहादुरले गिरोहको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गरी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएका थिए।

शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको बयानअनुसार गृह मन्त्रालयमै पैसाको बाँडफाँटदेखि काम सल्टाउनको लागि मन्त्री, कर्मचारी र बिचौलियासँग मोलमोलाइ हुन्थ्यो। यसै प्रकरणमा पक्राउ परेका केशव दुलालले गिरोहका अर्का नाइके सानु भण्डारीमार्फत् गृह मन्त्रालयमै भेटेर तत्कालीन गृहसचिव तथा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई एक करोड रकम दिएको बयानमा उल्लेख गरेका छन्। त्यति मात्र नभई २०७७ पुस १६ गते गृह मन्त्रालयस्थित सचिवको कार्यालयमा नै गिरोहका सदस्यहरुबीच रकम भागबन्डाको विषयमा ठुलो लफडा भएको थियो। उक्त लफडा मिलाउन टोपबहादुरले सहयोग गरेको उनी आफैँले बयानमा भनेका छन्।

यति भइरहँदा पनि गृहमन्त्रीको कुर्सीमा रहेका बादलले थाहा पाएर पनि नपाएको जस्तो गरी ठगी र राज्यविरुद्धको अपराध गरे। बादलले गृह मन्त्रालयको कुर्सीमा बसेर मौन समर्थन मात्रै जनाएका छैनन्, त्यसबापत रकम असुल्नको लागि छोरा प्रतीक र श्रीमती नैनाकलालाई प्रयोग गरेका प्रमाणहरु बाहिरिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका गिरोहका नाइके केशवप्रसाद दुलालले बयानका क्रममा २०७६ साल असारमा बादल पत्नी नैनाकलालाई मन्त्री क्वाटरमै भेटेर एक करोड दिएको बताएका छन्।

उनले बयानमा भनेको छन्, ‘सानु भण्डारी र म नैनकलाका छोरा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का प्रमुख स्वकीय सचिव प्रतीक थापा मगरलाई नक्सालस्थित निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फको होटेलको १ तलामाथि प्रतीक थापालाई भेटेपछि नैनकला थापालाई प्रतीक थापा मगरले फोन गरी पैसा पाउनु भयो/भएन? भनि सोध्दा पैसा पाएको कुरा प्रतीक थापालाई भनेपछि मेरो आमाले सानु भण्डारीसँग उक्त रकम लिएको भनि जानकारी गराएका हुन्।’

त्यस्तै दुलालले नैनकलालाई बुझाएको उक्त एक करोडबाहेक बादल राष्ट्रियसभा सदस्य हुनुअघि छोरा प्रतीकलाई पुलचोकस्थित मन्त्री क्वाटरमै तीन करोड बुझाएको बताएका छन्। यसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा बादलको परिवारले कुल ४ करोड बढी रकम असुलेको काठमाडौँ प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

यस प्रकरणमा प्रतीक थापामाथि पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्। तर, प्रहरी बादल र नैनकलासम्म पुग्न सकेको छैन। प्रहरीले यति ठुलो प्रकरणमा मुछिएका बादल दम्पतीलाई सामान्य सोधपुछसमेत नगर्नुलाई घटना नै तोडमाेड हुनेमा शंका गर्ने ठाउँ बनेको छ।

यता यो प्रकरणको अनुसन्धान चलिरहँदा बादल र नैनकला सर्वाजनिक रुपमा देखिएका छैनन्। यद्यपि, प्रहरीले यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान गर्ने बताएको छ। त्यसबखतमा उनीहरु पनि कारबाहीको दायरामा आउन सक्ने सम्भावना भने बाँकी नै छ।


प्रकाशित : २०८० जेष्ठ ११, बिहीबार १३:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!
  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी
  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली
  • बागेश्वरीको १६ औं साधारणसभा 
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech