लुदस,कपिलवस्तु ।
सिद्धार्थ गौतम मेमोरियल इ्ङलिस बोर्डिङ्गस्कूल,बुड्ढीद्धारा बिद्यार्थीहरुका लागी ४ दिवशिय उद्घोषणकला तथा नेतृत्व विकास तालिमको आयोजना गरेको छ ।बिद्यार्थीहरुलाई पढाईका अतिरिक्त कार्यक्रम उत्पादन गर्ने तथा संचालन गर्ने क्षमताको बिकास गर्ने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको बिद्यालयका संचालक दिपक भुसालले जानकारी गराएका छन् ।
यही जेठ १२ गते १५ गते सम्म बिद्यालयको सभाहलमा आयोजना गरिएको सो तालिमका रेडियो मायादेवीका कार्यकारी निर्देशक तथा लुम्बिनी दर्पण साप्ताहिकका कार्यकारी सम्पादक थानेश्वर अधिकारी, समाचार संयोजक हरी आचार्य, बजार व्यवस्थापक पुर्णचन्द्र परियारले सहजीकरण गरेका थिए ।
कार्यक्रममा उद्घोषणकला, सफल उद्घोषणमा हुनुपर्ने गुणहरु,प्रत्यक्ष र अप्रत्यक्ष उद्घोषण,नेता र नेतृत्व ,असल नेतृत्वमा हुनुपर्ने गुणहरु,कार्यक्रम उत्पादन गर्ने तरिका लगायतका बिषयमा जानकारी दिईएको थियो ।
यस बर्ष कक्षा ८ को नतिजामा बुद्धभुमी नगरमा नै उत्कृष्ट हुन सफल सिद्धार्थ गौतम मेमोरियल इ्ङलिस बोर्डिङ्ग स्कूलले जिल्ला नगर तथा वडाले आयोजना गर्ने बिभिन्न खालका प्रतियोगितामा प्रथम,दिर्तिय,तृर्तिय स्थान हासिल गर्न सफल भएको संचालक भुसालले बताए । अहिले करिव ४ सय १५ जना बिद्यार्थी रहेको सो स्कूलले बिद्यार्थीहरुलाई व्यवहारिक र जिवन उपयोगी सीपका बिषयमा मासिक रुपमा कक्षा संचालन गरिने बिद्यालयका प्रिन्सिपल मिना थापाले बताएकी छन् । अहिले यो स्कूल सबैको रोजाईमा पर्न सफल भएको छ ।