
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध ३१ जेठमा आदेश गर्ने भएको छ ।
अभियुक्त विरुद्ध अदालतमा आइतवारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले अभियुक्त विरुद्ध आदेश सुनाउनेछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिएका छन् ।
उनले बहस निर्धारित समयभित्रै टुंग्याउन समेत आग्रह गरेका छन् ।
अदालतले सरकारी वकिललाई दुई दिनभित्र बसह सक्नेगरी समय दिएको थियो । अभियुक्त टोपबहादुर रायमाझीका कानून व्यवसायीहरुले बहसका लागि पुरै दिन आवश्यक पर्ने भन्दै समय माग गरेका थिए । त्यसपछि सरकारी वकिल, जाहेरीकर्ताका कानून व्यवसायी, आरोपितहरुका कानून व्यवसायीहरुका लागि समय व्यवस्थापन गरिएको हो ।

