
नगेन्द्र के सी
शुद्धाेधन रुपन्देही रुपन्देहीको श्री बनगाई माध्यमिक विद्यालय शुद्धोधन २ बनगाई, रुपन्देही स्थित शुद्धाेधन गाँउपालिका मानपकडी, रुपन्देहीको आर्थिक सहयोग र खडवा बनगाई सामुदायिक सिकाई केन्द्रले संचालन गरेको सिलाई कटाई तालिमका सहभागीहरुले सिलाई गरेको पाईन्ट, शर्ट विद्यालय पोशाक बनगाई माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्कुलको पोशाक रनेपाल सरकारकाे छात्रवृत्ति वितरण कार्यक्रम एक समारोहबीच सम्पन्न गरिएको छ।
बिद्यालय पोशाक बितरण ३० जनालाइ र छात्रवृत्ति १४७जनालाई रू ४०० का दरले कुल रकम ५९६०० रुपैया वितरण गरिएको थियो।बनगाई मावि व्यवस्थापन समितिका अध्यक्ष भोला चौधरीको अध्यक्षतामा शुद्धाेधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा र शुद्धाेधन २ का वडा अध्यक्ष कमल खड्का क्षेत्रीकाे विशिष्ट आतिथ्यतामा भएको बिद्यालय पोशाक र छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले यश बिद्यालय पोशाक र छात्रवृत्ति वितरण कार्यक्रममा उपस्थित सबै बालबालिका,विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका र बिद्यालय व्यवस्थापन समितिका सबै लाई धन्यवाद दिदै यो छात्रवृत्ति वितरण कार्यक्रम नेपाल सरकारले सबैका लागि शिक्षा कार्यान्वयन गर्न तथा अन्तरराष्ट्रिय तहमा गरेका प्रतिबद्धता पुरा गर्न विद्यालय बाहिर रहेका बालबालिका हरुको विद्यालयमा पहुँच बढाउन तथा भर्ना भएका सबै बालबालिकालाई विद्यालयमा टिकाइ राख्न र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि विद्यालय उमेरका लक्षित समूहका बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको र सबै विद्यालय तहका बालबालिका हरुलाई प्रदान गर्दै आएको बताउनुभयो।
कार्यक्रममा शुद्धाेधन २ का वडा सचिव हरिप्रसाद पोख्रेल,बिद्यालय का प्रधानाध्यापक गोकुलराज घिमिरे,बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु,अभिभावकहरु, बिद्यालयका शिक्षकशिक्षिका लगायतको उपस्थितिमा भएको बिद्यालय पोशाक र छात्रवृत्ति वितरण कार्यक्रमकाे सञ्चालन बिद्यालयका शिक्षक नगेन्द्र ददुवाले गर्नुभएको थियो।