कपिलवस्तुमा एमालेका जनवर्गीय संगठनद्धारा सरकार विरुद्ध मसाल जुलुस सहित विरोध प्रदर्शन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
बर्तमान सरकारले पछिल्लो समय गरेका गलत कामको विरोध गर्दै नेकपा (एमाले) का जनवर्गीय संगठनहरुले कपिलवस्तुमा मसाल जुलुस तथा विरोध प्रदर्शन गरेका छन् । नेपाल सरकारले ल्याएको नागरिकता विधयेक प्रमाणिकरण र भारत सरकारले “अखण्ड भारत” को नाममा हाम्रो भुगोल समावेश गरेको प्रति घोर भत्र्सना गर्दै एमालेका जनवर्गीय संगठनहरुले चार नम्बर चोक, तौलिहवा रोडमा मसाल जुलुस सहित नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ (अनेमसंघ), नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुको संयुक्त आयोजनामा उक्त विरोध प्रदर्शन गरिएको हो ।

विरोध सभामा प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारले “अखण्ड भारत“ को नाममा हाम्रो भुगोल ऐतिहासिक, पर्यटकीय स्थल लुम्बिनी र कपिलवस्तु समावेश गर्दा पनि नेपाल सरकार चुइक्क नबोलेको र भारतलाई खुसी पार्न नेपाल सरकारको मन्त्रीपरिषद्बाट गैर संवैधानिक तवरबाट राष्ट्रपतिबाट नागरीकता विधेयक प्रमाणीकरण गरीएको कार्यप्रति खेद प्रकट गर्दै विरोध गरिएको हो ।

विरोध सभामा राष्ट्रघाती नागरिकता विधयेक खारेज गर, नेपाली भुमि फिर्ता ले, किसानमारा सरकार चाहिँदैन, देश बेच्न पाईदैन, नागरिकको अधिकार सुनिश्चित गर, समयमै राष्ट्रिय सिमा कायम गर लगायतका नारा लगाईएको थियो ।

नेकपा (एमाले) बाणगंगा नगर कमिटीको पार्टी कार्यालय देखि सुरु भएको मसल जुलुस सहितको विरोध प्रदर्शन तौलिहवा रोडमा गई पुनः कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य धनु अधिकारीले सरकारको तिब्र आलोचना गर्दै निवर्तमा राष्ट्र पति विद्यादेवी भण्डारीले होल्डमा राखेको राष्ट्रघाति नागरिकता विधयेक फिर्ता लिन र “अखण्ड भारत” को नाममा समावेश गरेको नेपालको भुमि सच्याउन माग गर्नुभयो । कोणसभालाई सम्बोधन गर्दै अधिकारीले सरकारले यी माग सम्बोधन नगरे राष्ट्रिय युवा संघ नेपालले चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिनुभयो ।

त्यस्तै अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष रुकमागत पन्थले यो गठबन्धनको सरकार किसानमारा सरकार भएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

उक्त विरोध प्रदर्शनको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले गरेको जिल्ला अध्यक्ष कमल क्षेत्रीले जानकारी दिनुभयो । नेकपा (एमाले) जिल्ला कमिटी सदस्य समेत रहनुभएका क्षेत्रीले नेपाल सरकारले ल्याएको नागरिकता विधयेक प्रमाणिकरण र भारत सरकारले “अखण्ड भारत” को नाममा हाम्रो ऐतिहासिक र पर्यटकीय स्थल लुम्बिनी, कपिलवस्तु लगायत भुगोल समावेश गरेको प्रति घोर भत्र्सना गर्दै राष्ट्रिय युवा संघ नेपाल जस्तोसुकै आन्दोलन पनि गर्न बाध्य हुने बताउनुभयो ।

कोण सभाको सञ्चालन गर्दै अनेरास्ववियु अध्यक्ष अन्जित खनालले विरोध सभामा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै सरकारले गलत कदम नसच्याए सम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

विरोध प्रर्दशनमा पार्टीका नेता कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

तस्बिहरु

 


प्रकाशित : २०८० जेष्ठ २१, आईतवार २१:००