ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको शिक्षा संकट : २ शिक्षकका भरमा ४ विद्यार्थी

लुम्बिनी दर्पण २०८० जेष्ठ २४, बुधबार १७:५१
[sharethis-inline-buttons]

विद्यार्थी नदि पारी रुपन्देही तिर

राजेन्द्र खनाल /जितपुर
कपिलवस्तुको बाणगंगा १० मा रहेको कोठिनदी आद्यारभुत विद्यालयमा ४ जना मात्र विद्यार्थी अध्यनन् गर्दै आएका छन् । कक्षा १ मा एक जना, २ मा १ जना र ३ मा दुई जना गरि जम्मा ४ जना विद्यार्थीका भरमा शिक्षकले हाजिरी गर्दै आएका छन् ।
विद्यार्थी नियमित हुन नसक्दा कहिले एक कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा जम्मा ४ विद्यार्थी छन् ।
अति न्यून विद्यार्थी हुँदा अतिरिक्त क्रियाकलाप गर्दा निकै समस्या हुने गुनासो विद्यालयको छ । विद्यालयको सेवा क्षेत्रभित्र १ सय बढी घरपरिवार छ । सो गाउँका बालवालिका गाउँको विद्यालय छाडेर रुपन्देहीको कञ्चन गाउँपालिका स्थित मलारदेवी माविमा अध्ययन गरेको भेटिएको छ । कोठिनदी आधारभूत विद्यालय देखि मलारदेवी विद्यालयको दुरी जम्मा ३ सय मिटरको छ । यसबाहेक गोगापुर गाउँसम्मै रुपन्देहीको कञ्चन गाउँपालिका र बाणगंगामा संचालित विभिन्न संस्थागत विद्यालयका विद्यालय बस गाउँगाउँमा पुगेसँगै विद्यार्थी सबै संस्थागत विद्यालयमा जाने गरेको स्थानीय नारायण थारुले बताए ।

अहिले विद्यालय कम्पाउण्डमा घरपालुवा पशुचौपाय चराउने गरीएको समेत भेटिएको छ । तर सोही विद्यालयको बालविकास कक्षामा भने हाल १३ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास शिक्षिका शुमित्रा थारुका अनुसार बालविकासमा भर्ना भएका विद्यार्थी कक्षा १ मा भर्ना हुँदैनन । उनीहरु नजिकै रहेको रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययन गर्न जान्छन् । हाल सो विद्यालयमा बाणगंगा नगरपालिका मार्फत दिवा खाजा समेत कार्यक्रम लागु छ । तर विद्यालयमा विद्यार्थी नहुँदा चार जना विद्यार्थी मात्रै दिवा खाजामा समावेश हुने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको गुणस्तर बृद्धिमा चासो नदिदा विद्यालयको यो अवस्था आएको प्रधानाध्यापक रामलखन थारुले बताए । उनले भने, “के गर्ने हामीहरु त पढाएकै छौँ, यो पटक घरदैलो पनि गर्यौ तर विद्यार्थी भर्ना भएनन् समितिले चासो नै दिदैन ।”

स्थापना वर्ष २०५६ देखि २०७८ सम्म कक्षा ५ सम्म संचालित उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा भएपछि नगरपालिकाले कक्षा ४ र ५ कटौती गरी १-३ बनाएको थियो । त्यस पछि विद्यालयको अवस्था अझ दयनीय भएको प्रधानाध्यापक थारुको भनाई छ । उनी भन्छन्, म अझै पनि आफ्नो तलबको केही हिस्सा विद्यालयमा लगाउन तयार छु, तर यो समुदाय र सरोकारवाला निकाय विद्यालय बनाउने गरी लाग्नुपर्छ ।

गोगापुर गाउँ पुणर्तय थारु बाहुल्य समुदायले भरिएको छ । यहाँ अध्ययन गर्ने चार जना विद्यार्थी पनि अहिले थारु समुदायकै छन् । नजिकै रहेको रुपन्देहीको मावि तहको विद्यालयमा समेत सो गाउँको सहज पहुँच भएपछि बालवालिकाले कोठिनदी आधारभूत विद्यालय छोड्दै गए । अहिले विद्यालय रित्तो भयो । कहिलेकाँही एक जना पनि विद्यार्थी नआउँदा शिक्षकहरु दिनभर विद्यालय भवन कुरेर घर फर्किने गर्छन ।

प्रधानाध्यापक थारुका अनुसार केही वर्ष विद्यालयमा विद्यार्थी बढाउन अंग्रेजी माध्यम लागु गरिएको थियो । तर विद्यार्थी संख्या बढेन । अवस्था झन खस्किदै गएको छ । यहि अवस्था रहेक यो विद्यालय विद्यार्थी बिहिन हुने पक्का छन । यो विद्यालयमा कार्यरत प्रधानाध्यापक सहित दुई जना राहत शिक्षक हुन ।

गोगापुर मात्रै होइन बाणगंगा नगरपालिका वडा नम्बर १० मा एक मावि सहित ८ वटा विद्यालय छन् । सोही वडाको बनकट्टा स्थित बाल आधारभूत विद्यालयको अवस्था समेत यस्तै छ । यो विद्यालयमा पनि तीन जना शिक्षक कार्यरत रहेका छन भने विद्यार्थी संख्या सरदरमा ३० जना मात्र छन् । विद्यालयका प्रधानाध्यापक बलराम उपाध्यायका अनुसार विद्यार्थी संख्या विद्यालयमा घट्दो छ । यस विषयमा आफूहरुले प्रअ बैठकमा कुरा उठाए पनि पालिकाले चासो नदिएको बताए ।
यस विषयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका पूर्व प्रदेश संयोजक हरि अधिकारीले सामुदायिक विद्यालयको यो अवस्था आउनु लज्जास्पद विषय रहेको बताएका छन् । उनले शिक्षाको हव मानिने नगरपालिका भित्रकै विद्यालयमा यो अवस्था आउँदा सम्म शिक्षा सम्बद्ध निकायहरुले समयमै पहल गर्नु पर्ने बताए । नगरपालिकाको सामुदायिक विद्यालयको गुणस्तर बृद्धी गर्न पहल नहुनु नगरपालिकाको गैरजिम्मेवारी देखिएको बताएका छन् । उनले समयमै नगरपालिकाले यस विषयमा सम्बन्धित विद्यालय र समुदायको भावना बुझेर काम गर्नुपर्नेमा जोड दिए ।

भित्राऊ ! टिकाऊ ! सिकाऊ ! अनि विकाऊ ! भन्दै सरकारले २०६१ सालदेखि विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालनमा ल्यायो । यो अभियान सञ्चालनमा आएको १९ वर्षसम्म बित्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अझै हरेक वर्ष तामझामका साथ १५ दिन अभियान सञ्चालन गर्छ । तर अन्य समयमा भर्ना र गुणस्तर सुधारमा नगर शिक्षाको ध्यान नपुग्ने शैक्षिक अगुवाहरुको भनाई छ ।

विद्यालयमा ४ विद्यार्थी नगरमा ३९ तथ्याङ्ख
यस विषयमा बाणगंगा नगरपालिकाको शिक्षा प्रमुख खिम बहादुर जि.सी ले सो विद्यालयका ३९ विद्यार्थीले ईमिस हाजिरी गर्ने तथ्याङ्ख रहेको बताए ।
अहिले जेष्ठ मसान्त सम्म विद्यार्थी भर्ना अभियान रहेको र यदि यस्तो अवस्था भेटिए विद्यालयका शिक्षकलाई कटौती गरि अनेत्र स्थानान्तरण गर्ने उनले जनाए ।

शिक्षामा सबैको पहुँचका निम्ति सार्वजनिक संस्थाहरूको अपरिहार्यता हुन्छ। राज्यको नियन्त्रणमा रहेका शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा दिन सक्दा आमनागरिकलाई सहज हुन्छ। संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ लोकतान्त्रिक गणतन्त्रको उद्देश्य पनि यही हो। तर पछिल्ला वर्षहरूमा सार्वजनिक शिक्षाको गुणस्तर क्रमशः खस्किएको छ। सर्वसाधारणको छनोटमा सार्वजनिक शैक्षिक संस्थाभन्दा निजी क्षेत्र परेका छन्। सन्तानको भविष्य सुनिश्चित गर्ने योभन्दा अर्को उपाय सर्वसाधारणसँग छैन् । राज्यले आफू नियन्त्रित संस्थालाई गुणस्तरीय नबनाएपछि महँगा निजी स्कुल र कलेजमा जानुको विकल्प हुँदैन।

महालेखा परीक्षकको ६०औँ प्रतिवेदनअनुसार सामुदायिक विद्यालयमा हरेक वर्ष ५ प्रतिशतको दरले विद्यार्थी घटिरहेका छन्। कक्षा १ देखि ८ सम्म पढाइ हुने यस्ता विद्यालय देशभर २० हजार ७ सय १२ छन्। २०७४ सालमा आधारभूत तहमा ४८ लाख ५७ हजार विद्यार्थी रहेकामा २०७८ मा आइपुग्दा घटेर ३८ लाख ७९ हजार भएको छ। पाँच वर्षयता २०.१४ प्रतिशतले विद्यार्थी घट्नु भनेको आफैँमा चिन्ताको विषय हो। यस अवधिमा निजी विद्यालयतर्फ करिब ४७ प्रतिशत जति विद्यार्थी थपिएका छन्। सरकारी शैक्षिक संस्थामा विद्यार्थी बढाउन पाठ्यपु्स्तक, भर्ना, छात्रवृत्ति, दिवाखाजाको व्यवस्था गरे पनि त्यसले स्थितिमा सुधार ल्याउन सकेको छैन।

                                                                                                   यो सामाचार गत आईतवार लुम्बिनी दर्पण पत्रिकामा प्रकाशित छ ।


प्रकाशित : २०८० जेष्ठ २४, बुधबार १७:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech