
लुदस, कोपवा
कपिलवस्तुको बाणगंगा ६ सुठौलीमा आज दिउसो संविधान सभा सांसद विश्राम थारु सवार कार र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाईते भएका छन् ।
बनगाई लक्ष्मणघाट तिलौराकोट सडक अन्तरगत सुठौलीमा बनगाई बाट तौलिहवा जादै गरेका पुर्व सांसद थारुले चलाएको बा १९ च ३६०८ नं को कार र तौलिहवाबाट लक्ष्मणघाट आउदै गरेको भारतिय नं प्लेटको यु.पि ५५ एक्स ६८०२ नं को मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार कपिलवस्तु नगरपालिका २ बस्ने वर्ष २१ को सलिम अकरम शेख र यशोधरा गाउँपालिका ४ का मोहम्मद रफिक खाँन घाईते भएको ईलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ ।
घाईते शेख लाई उपचारका लागि सामुदायिक अस्पताल जितपुर र खाँन लाई कपिलवस्तु अस्पताल लगिएको जनाईएको छ ।
मोटरसाईकलमा सवार युवा तिब्र गतिमा भएका कारण कारमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

