लुदअ जेठ ३०, काठमाण्डौ
नेपालका मुख्य बाली धान, मकै र गहुँको लागि ठाउँ विशेष मलखादको मात्रा सिफारिस गरिएको छ । नेपालमा पहिलो पटक सन् १९७६ मा कृषि विभाग अन्तर्गतको माटो विज्ञान महाशाखाले विभिन्न बालीका लागि मलखादको मात्रा सिफारिस गरेको थियो । अहिले झण्डै ४७ वर्षपछि मलको मात्रा पुनरावलोकन गरी धान, मकै र गहुँबालीमा ठाउँ विशेष मलखादको मात्रा सिफारिस गरिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग र नेपाल बिउ तथा मल परियोजनाको संयुक्त प्रयासमा धान, मकै र गहुँबालीका लागि ठाउँ विशेष मलखाद सिफारिस गरेको हो ।
यसअघिको सिफारिस तराई, पहाड र हिमाली क्षेत्रका लागि केन्द्रित थियो । तर अहिले विभिन्न ६ वटा भौगोलिक क्षेत्र तय गरी मलखादको मात्रा सिफारिस गरिएको माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा।श्रीप्रसाद विष्टले जानकारी दिनुभयो ।
मुख्य बाली धानका लागि सिफारिस मलखादको मात्रा
सिफारिस मात्रा अनुसार मुख्यबाली धानका लागि पूर्वी तराई ९झापा, मोरङ र सुनसरी० र मध्य तराई ९पर्सादेखि सप्तरीसम्म० मा नाइट्रोजन १ सय २० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा फोस्फोरस ४० किलो प्रतिहेक्टर तथा पोटास पूर्वी तराईमा ५० किलो प्रतिहेक्टर र मध्य तराईमा ४० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा जिङ्क ३ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस गरिएको छ ।
त्यस्तै पश्चिम तराई ( रुपन्देही, कपिलवस्तु र परासीमा नाइट्रोजन १ सय ३० किलो प्रतिहेक्टर, फोस्फोरस ४० र पोटास ५० किलो प्रतिहेक्टर सिफारिस भएको छ । ती क्षेत्रमा पनि जिङ्क ३ किलो र बोरोन १ किलो प्रतिहेक्टर नै सिफारिस गरिएको छ ।
भित्री तराई ९दाङ, सुर्खेत, चितवन, मकवानपुर, नवलपुर० मा १ सय २५ किलो नाइट्रोजनको मात्रा सिफारिस गरिएकोमा फोस्फोरस र पोटास समान ४०र४० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा जिङ्क २ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस गरिएको छ ।
सुदूरपश्चिमको तराई क्षेत्र ९बाँकेदेखि कन्चनपुरसम्म० मा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर र फोस्फोरस तथा पोटासको मात्रा ३०र३० किलो प्रतिहेक्टर रहेको छ । ती क्षेत्रमा जिङ्क २ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस मात्रा रहेको छ ।
पहाडी क्षेत्रमा नाइट्रोजन सय किलो र फोस्फोरस तथा पोटास समान ३०र३० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । ती क्षेत्रमा जिङ्क २ किलो र बोरोन १ किलो प्रतिहेक्टर सिफारिस मात्रा रहेको छ । वर्णशंकर जातका लागि सबै क्षेत्रमा नाइट्रोजन प्रतिहेक्टर १ सय ५० किलो, फोस्फोरस ५० र पोटास ६० किलो तथा जिङ्क ३ किलो र बोरोन १ किलो सिफारिस भएको छ ।
स्थानीय स्तरमा माटोको उर्वरता, धान, मकै र गहुँबालीको उत्पादनको आधारमा मलखाद प्रयोग गर्न सिफारिस गरेको प्रमुख डा। विष्टले बताउनुभयो । धानका लागि प्राङ्गारिक मल सबै क्षेत्रमा ६ मेट्रिक टन प्रतिहेक्टर सिफारिस गरिएको छ । धानसहित मकै र गहुँको मलखाद मात्रा पनि ठाउँ विशेष सिफारिस गरिएको छ ।


















