कोरियन र जापनीज भाषा प्रशिक्षणको हव बन्दै ‘ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन’

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) कोरियन र जापनीज भाषाको हव बन्दै गएको छ । विक्रम संवत २०७२ सालमा स्थापना गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन बैदेशिक अध्ययन तथा रोजगारीमा जाने र मनग्गै पैसा कमाएर जिवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुको रोजाई बन्दै गएको छ । युवाहरुको सपना साकार पार्नका लागि उत्कृष्ट भाषा शिक्षक, भाषा शिक्षालय लगायत उचित वातावरणको आवश्यकत्ता पर्दछ ।

ग्यारेण्टी कक्षाहरु सञ्चालन गर्ने वाहानामा बिद्यार्थीहरुको भविष्य माथी नै खेलवाड गरेर मोटो रकम असुल्ने धन्दा पनि फस्टाएको छैन् भन्न सकिदैन । आफ्नो लगानी र सुरक्षित बैदेशिक यात्रा तथा सपना साकार पार्न बिद्यार्थीहरुले ब्यवस्थित शैक्षिक धरोहरलाई रोज्नु पर्ने बिद्यार्थीहरु बताउँछन् । पछिल्लो समय कपिलवस्तु सहित देशैभरबाट बैदेशिक अध्ययन तथा रोजगारीका लागि जापान, कोरिया लगायतका देशहरुमा जाने प्रबृत्ति बढ्दै गएको पाइन्छ ।

यस्तै, कपिलवस्तु सहित लुम्बिनी प्रदेशमै ब्रिजकोर्ष, जापानिज भाषा, कोरियन भाषा कक्षाहरु, पिटिई÷आएल्स कक्षा सञ्चालन गर्दै बिद्यार्थीको रोजाईको केन्द्र ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. बन्दै गएको छ । लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले विगत १ दशक देखि बर्षदेखि निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने महान् उद्देश्यमा केन्द्रित छ; कपिलवस्तुको वाणगंगा नगरपालिका, जीतपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं (लुम्बिनी लर्निङ्ग सेन्टर) !

यस शैक्षिक संस्थाले बाणगंगामा मात्रै नभई जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको पाइन्छ । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं को स्थापना कालदेखि नै ठूला–ठूला बाधा अवरोधहरु पार गर्दै १ दशक यात्राको समयसम्म आई पुग्दा सफलताको उच्चतम् विन्दुमा पुग्न र पु–याउन सफल शैक्षिक संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।

ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं यस क्षेत्रमै सर्वोत्कृष्ट प्रशिक्षण केन्द्र बन्न सफल हुन थालेपछि यस क्षेत्रका अभिभावक मात्रै होइन, यहाँ अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि निकै खुसी देखिएका छन् । पुर्व–पश्चिम राजमार्ग तथा जीतपुर–तौलिहवाको सडक नजिकै रहेको यस प्रशिक्षण केन्द्रले उत्कृष्ट जनशक्ति उत्पादन मात्रै गरेको नभई यो ठाउँको चहलपहललाई पनि निकै बढाएको छ ।

विभिन्न समुहमा गरि करिब १ हजार जना विद्यार्थीहरुले अध्ययन गर्ने यस प्रशिक्षण केन्द्रमा १० जना विभिन्न विषयका पुर्णकालिन प्रशिक्षक, २ जना लेखा कर्मचारी लगायत कार्यरत रहेको प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्रीले बताउनुभयो । भाषा कक्षा सञ्चालन गर्दै आएको केन्द्रले थप नयाँ ब्यबस्थापनका साथमा चार नम्बर स्थित तौलिहवा रोडमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको निर्देशक क्षेत्रीले जानकारी दिनुभयो । साथै विद्यार्थीहरुको चापलाई मध्यनजर गर्दै पुरानो कार्यालय रहेको बुटवल रोडमा देउराली सदनमा रहेको कार्यालयबाट पनि सेवा दिईरहेको उहाँले बताउनुभयो । “दक्ष तथा अनुभवी प्रशिक्षक, उत्कृष्ट अध्ययन सामाग्री, कुशल सञ्चालक, अनुशासित, लगनशील तथा मिहेनती विद्यार्थीहरु र प्रतिष्ठित अभिभावकद्वारा नै हामी सफल भएका छौ ।” उहाँले भन्नुभयो ।

उच्च शिक्षा अध्ययन गर्दा विद्यार्थीलाई सुरुमा के पढ्ने, कुन–कुन किताब पढ्ने भन्ने कुराको राम्रो ज्ञान नहुने हुदाँ र बढ्दो प्रतिस्पर्धामा आफूलाई सक्षम गराउन तयारी कक्षाको अति नै आवश्यकता पर्ने क्षेत्रीको भनाइ छ । सो बारेमा विज्ञहरुबाट जानकारी तथा परामर्शको व्यवस्थाको साथ के अध्ययन गर्ने ? कुन विषय अध्ययन गर्ने ? कस्तो विषय अध्ययन गर्दा बढी भन्दा बढी अवसर प्राप्त हुन्छ लगायतका अन्य थुपै्र जिज्ञासाहरु मेटाउने उदेश्यले उच्च शिक्षा गोष्ठी समेत सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

पछिल्लो समयको द्रुत विकासका कारण दिनप्रतिदिन साघुँरिदै गएको वर्तमान परिवेशमा सफल जीवन जिउनका निमित्त वहुभाषित हुनु र सूचना प्रविधिका न्यूनतम जानकारी राख्नु सबैका लागि अनिवार्य आवश्यकता भइसकेको प्रशिक्षण केन्द्रका कोरियन भाषा विभाग प्रमुख महेश आचार्यले बताउनुभयो । स्थानीय निकायले पनि केन्द्रलाई व्यवस्थित गर्ने सन्दर्भमा आवश्यक पहललाई निरन्तरता दिनुपर्ने आचार्यले बताउँनुभयो ।

यता, प्रशिक्षण केन्द्रले वर्ष हरेक बर्ष कोरियन र जापनीज भाषाको परिक्षा दिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान र आगन्तुक विद्यार्थीहरुलाई नियमित स्वागत कार्यक्रमलाई समेत निरन्तरता दिईरहेको छ ।

ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले कोरियन, जापनिज लगायत विभिन्न भाषा, पि.टि.आयल्सका कक्षा, लोक सेवा तथा शिक्षक सेवाका कक्षा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवी प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।

प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले हजारौ विद्यार्थीहरको रोजाई बन्दै गएको छ ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) !


प्रकाशित : २०८० जेष्ठ ३०, मंगलवार १८:१६