लुदस, जितपुर
कपिलवस्तु नगरपालिका ९ जर्लौयामा सासुको जघन्य यातना सहन नसकेपछी बुहारीले आत्महत्याको प्रयास गरेकी छन् ।
७० वर्षिया सासु कृष्णकला आचार्य ले ३६ वर्षिया बुहारीमाथी पट्क पट्क अशैह्य गाली जलौज र कुटपिट गरेपछी बुहारिले विष सेवन गरेको उनका आफन्तले बताएका छन् ।
उनले तरकारी खेती का लागी ल्याएको विषादी सेवन गरि आत्महत्याको प्रयास गरेको बुझिएको छ । उनको सामुदायिक अस्पताल जितपुरमा उपचार भैरहेको छ । छोरीमाथी जघन्य अपराध गरि आत्महत्या सम्मको बाटोमा पुर्याएको भन्दै जिवन रक्षाका लागि
पिडितका बुवा टेकराज न्यौपानेले अपिल गरेका छन् । यातना दिने सासुलाई कार्बाही को माग गर्दै ईलाका प्रहरी कार्यालय पिपरामा उजुरी समेत दिएका छन् । पिडित बुहारीका २ छोरी र १ छोरा रहेका छन् । श्रीमान शारिरिक अशक्त भएको बुझिएको छ ।

