
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखामा कार्यरत कर्मचारीहरुले भोलि विहिवार पेन डाउन आन्दोलन गर्ने जनाएका छन् ।
उनीहरुले बजेट निकासाको अन्तिम समयमा आएर उपभोक्ता समिति तथा जनप्रतिनिधिहरुबाट निर्माण व्यवसायीको पक्षपोषण गर्दै डर, धम्की तथा गालीगलौज गरि नभएको कामको विल उठान गर्न दवाव दिएको भन्दै सोको विरोध स्वरुप कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

