रुपन्देहीको  शुद्धाेधन गाउँपालिकामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नगेन्द्र केसी

रुपन्देहीको शुद्धाेधन गाउँपालिकामा उँपालिका कार्यपालिका मानपकडीकाे आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सभा एक समारोहबीच गाउँपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।

पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिन सम्पूर्ण प्रक्रिया पुरागरी शुद्धोधन गाउँपालिकालाई आ.ब.०७९/०८० मा १६ महिनादेखि ५ बर्षसम्म सबै बालबालिकाहरुलाई र १५ महिना मुनीका बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुदाँ शुद्धोधन गाउँपालिकालाई पूर्णखोप दीगोपना सुनिश्चित भएको घोषणा गरिएको हो।

उक्त कार्यक्रममा पूर्णखोप दीगोपना कार्यक्रमको शुद्धोधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रस्तुतिमा यस पालिका तथा वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण तथा योजाना निर्माण कार्यक्रम सम्पन्न गरिएको र जन्मेदेखि १५ महिना उमेरका बालबालिकाहरुको खोपको सूचि तैयार तथा १६ देखि २३ महिनाका बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको।

पूर्ण खोप लगाउन छुटेका बालबालिकाको पहिचान तथा खोप कार्यक्रमको योजाना निर्माण गरिएको स्वास्थ्य संस्था तथा वडास्तरिय सुपरिवेक्षण गरिएको।र गाउँपालिका स्तरिय सुपरिवेक्षण गरिएकोमा खोप नलगाएको वच्चा नभेटिएको। स्वास्थ्य कार्यालय रुपन्देही तथा जिल्ला खोप समन्वय समितिलाई अनुगमनको लागि सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो।गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली,गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत गौरव ढकाल,शुद्धाेधन ४ का वडा प्रबक्ता केशवप्रसाद अधिकारी,लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

शुद्धाेधन स्वास्थ्य शाखाका सि,अ,न,मी,वविता न्यौपानेको स्वागतमा र शुद्धाेधन स्वास्थ्य शाखाका सि,अ,न,मी,सिर्जना पौडेलको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।


प्रकाशित : २०८० असार ७, बिहीबार १७:००