बाणगंगा १० का वडाध्यक्ष यम प्रसाद पोख्रेल रिहा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० का वडाध्यक्ष यमप्रसाद पोख्रेल रिहा भएका छन् । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नंं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी तौलिहवा स्थित डिभिजन वन कार्यालयमै गई सहमति गरेपछि उनी रिहा भएका हुन् ।

डिभिजन बन कार्यालयका प्रमुख विजयराज सुबेदीले जनता र वन कर्मचारीबीच विवाद बढेको थाहा पाएर घटनास्थल पुगेका बाणगंगा १० का वडाध्यक्ष पोखरेललाई सकुम्वासीको पक्षमा वकालत गरेको भन्दै बिना कारण बनरक्षक लगाई पक्राउ गरेर जिल्ला वन कार्यलयको थुनुवा कक्षमा लगेका थिए ।


प्रकाशित : २०८० असार ९, शनिबार २०:२२