हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो बार्षिक उत्सवको अवसरमा मानवीय उदाहरणीय कार्य गर्ने भएको छ ।
विक्रम संवत २०७१ सालमा स्थापना गरिएको ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले १० औं वार्षिक उत्सवको अवसरमा यहि असार १२ गते वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बैदेशिक अध्ययन तथा रोजगारीमा जाने र मनग्गै पैसा कमाएर जिवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुको रोजाई बन्दै गएको उक्त शैक्षिक प्रतिष्ठानले ’रक्तदान, जीवनदान‘ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका प्रमुख असिम कंडेल क्षेत्रीले जानकारी दिनुभयो ।

वार्षिक उत्सवको अवसरमा यहि असार १२ गते संस्थाकै सभाहलमा बिहान ७ बजे उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।
लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले विगत १ दशक देखि बर्षदेखि निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा व्यापक बन्दै गइरहेको सन्दर्भमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने महान् उद्देश्यमा केन्द्रित छ; कपिलवस्तुको वाणगंगा नगरपालिका, जीतपुर स्थित ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं (लुम्बिनी लर्निङ्ग सेन्टर) !
यस शैक्षिक संस्थाले बाणगंगामा मात्रै नभई जिल्लामै आफ्नो प्रगतिलाई उजागर गरेको पाइन्छ । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लिं को स्थापना कालदेखि नै ठूला–ठूला बाधा अवरोधहरु पार गर्दै १ दशक यात्राको समयसम्म आई पुग्दा सफलताको उच्चतम् विन्दुमा पुग्न र पु–याउन सफल शैक्षिक संस्थाका रुपमा आफुलाई स्थापित गरेको छ ।




















