ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका पालिकाहरुमा उपमेयरका पतिको हैकम, निकासामा कर्मचारी दवावमा

Lumbini Darpan 2 २०८० असार १४, बिहीबार २०:३०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुका दक्षिणी क्षेत्रमा रहेका पालिकाहरुमा उपमेयर का श्रीमानले पालिकामा हैकम चलाउने गरेका छन् ।

नेपालको कानुनत : एउटै दलबाट पालिकाको अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना अनिवार्य महिला राख्नुपर्ने प्रावधान भएपछी अधिकांस पालिका उप प्रमुख मा महिलाको संख्या बढी छ । तर यसरी नितिमा निर्वाचित महिला उप प्रमुख कपिलवस्तुका दक्षिणी पालिकामा डमी जस्तै हुने गरेका छन् । उनिहरु आफ्नो अधिकार काम कर्तव्य बारे नै जानकार छैनन् ।

यसरी निर्वाचित हुने अधिकांश महिला उप प्रमुख आफ्नो योग्यता क्षमताले नभई श्रीमान नेता पार्टिलाई सहयोग गरेकै भरमा सट्टामा कानुनी अड्चन का कारण श्रीमतीलाई पदमा राखेर पदीय अधिकार आफुले लिने गरेका छन् ।
कानुन विपरित कार्यपालिका बैठकदेखि सेवा सुविधा सम्ममा हस्तक्षेप गर्ने गरेको पाईएको छ । त्यतिमात्र होईन कर्मचारीहरुमाथी समेत हैकम चलाउने गरेको पाईएको छ ।

कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज कुमार गुप्ताले दुव्र्यवहार गरेको भन्दै नगरपालिकाका कर्मचारी शुक्रवार आन्दोलित भए । नगरपालिकाका सम्पुर्ण कर्मचारीको बैठकले पेन डाउन गर्दै नाराबाजीमै उत्रिएका छन् । नगर उपप्रमुख गुप्ताका श्रीमान संजयले नगरपालिकामा कार्यरत कर्मचारीलाई पटक पटक गाली गलौज र दुव्र्यवहार गरेकाले नगरपालिकामा सहज बातावरण नहुँदा सम्मका लागि पेन डाउन गर्ने निर्णय गरेको निर्णयमा उल्लेख छ ।

कर्मचारीहरुले नगरपालिकाको स्वास्थ्य, दमकल र नगर सरसफाई बाहेकका सेवामा पेन डाउन गर्ने जनाएका छन । त्यसै गरि दुव्र्यवहार गर्ने गुप्तालाई प्रचलित कानुन बमोजिमको कारवाही गर्न कर्मचारीहरुको बैठकको माग छ । यसै बिच कपिलवस्तु नगरपालिकाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई उपप्रमुखका श्रीमान धिरज कुमार गुप्तालाई कानुनी कारवाही गर्न माग गर्दै पत्राचार गरेको छ । पत्रमा कपिलवस्तु नगरपालिकाको १४ औं नगरसभा मिति २०८० असार १० गते सञ्चालन गर्न प्रस्ताव भए अनुसार बार्षिक बजेट निर्माण गर्ने क्रममा शुक्रबार बसेको बजेट तर्जुमा समितिको बैठक बस्ने क्रममा समिति संयोजक नगर उपप्रमुखले आफ्नो श्रीमान संजय गुप्तालाई समेत बैठकमा सहभागी गराउनु पर्ने माग राखेको उल्लेख छ । तर बैठकमा सहभागी समितिका सदस्यले असहमती व्यक्त गरे पछि उपप्रमुख गुप्ता बैठक छोडेर बाहिरीएको जनाईएको छ । सो पश्चात प्रवेशद्धारमा बसिरहेका सन्जयले कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई लक्षित गरि अपशब्द र धाकधम्कीको भाषामा गाली गलोज गरेको पत्रमा उल्लेख गरिएको छ ।

उता शुद्धोधन गाउँपालिका लवनीमा समेत केहीदिन अघि प्राविधिक शाखामा कार्यरत कर्मचारीहरुले पेन डाउन आन्दोलन गर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

कर्मचारीहरुले बजेट निकासाको अन्तिम समयमा आएर उपभोक्ता समिति तथा जनप्रतिनिधिहरुबाट निर्माण व्यवसायीको पक्षपोषण गर्दै डर, धम्की तथा गालीगलौज गरि नभएको कामको विल उठान गर्न दवाव दिएको भन्दै सोको विरोध स्वरुप कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका थिए । त्यहाँ पनी पत्रमा उल्लेख नगरेपनी उप मेयर होम प्रकाश चौधरीको कार्यशैलीले आजित बनेको कर्मचारीहरु बताउछन् ।

मायादेवी गाउँपालिकाको अवस्था पनी उस्तै छ । उपमेयर सरस्वती यादवका श्रीमान मेवालाल यादवले पालिकामा हैकम चलाउने गरेका छन् । उनले सरकारी सवारी साधन दुरुपयोग गर्ने कर्मचारीहरुलाई योजना र नियम मिच्दै निकासामा दवाव दिने लगाएतका गतिविधि गर्ने गरेका छन् । सरस्वती यादव नेपाली कांग्रेसबाट विजयी भएकी हुन् उनका श्रीमान तत्कालिन समयमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । पछी प्रतिनिधि सभाको
चुनावमा उनले प्रदेश सभाका लागि टिकट नपाएपछी जसपाबाट उमेद्वार बनेका थिए ।

उता यशोधरा गाउँपालिकी उपमेयर गुन्जादेवी मौर्याका पनी श्रीमान नै वर्चश्व जमाउने गरेका छन् । उनका श्रीमान राजेन्द्र मौर्या योजनाको अनुगमन देखि न्यायीक समितिको निर्णयमा समेत हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने गरेका छन् ।
त्यतिमात्र होईन कर्मचारीहरुलाई समेत आफु अनुकुलका योजना भुक्तानीमा दवाव दिने गरेको एक कर्मचारीले बताए । कृष्णनगर र महाराजगंन्ज नगरपालिकामा पनी उस्तै अवस्था छ । महाराजगंन्ज नगरपालिकामा नेपाली कांग्रेसका नगर सभापती राम अचल कुर्मीको बुहारी उपमेयर छिन् । यस अगाडी निर्वाचनमा उमेद्वार बनेकी श्रीमती सुभावती कुर्मीको निधन भएपछी पार्टीले उनकै बुहारिलाई उमेद्वार बनाएको थियो , निर्वाचित भएकी रिता कुमारी कुर्मीका उनै ससुराको हालिमुहालि चल्ने गरेको छ । यस अगाडी श्रीमती हुदाँ सवै क्षेत्रमा उनको हस्तक्षेप रहेको एक जन प्रतिनिधिले बताए ।

जनप्रतिनिधिहरुको अस्वभाविक हर्कत विरुद्ध दुई पालिकाका कर्मचारीहरुले आवाज उठाएपनी अन्य पालिकामा भने बोल्न समेत डराउने गरेका छन् । ति पालिकाका कर्मचारीहरुले संचारकर्मीहरुसंग गुनासो गर्दछन् । क्यामरामा भने बोल्न डराउछन् कतै आफ्नो नाम जोडिने हो कि भन्ने डरले कर्मचारीहरु उपमेयरका श्रीमानको हैकम खेप्न बाध्य छन् । यीनै पालिका मध्येका कर्मचारीहरु भन्छन् काम गरौ नीति नियम विपरित भविष्यमा अख्तियार दुरुपयोगमा परिएला भन्ने डर नगरौ दवाव, दमन धाक धम्की जागिरै धरापमा पर्ने भो !


प्रकाशित : २०८० असार १४, बिहीबार २०:३०

Lumbini Darpan 2

लेखकबाट थप

  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
  • सन्धिखर्कमा जारी ‘बाँसजन्य सामाग्री उत्पादन तालिम’ प्रभावकारी बन्दै, सहभागी सक्रिय
प्रतिक्रिया

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

बाढी महाशाखाले भन्यो; बाँके र दाङमा सतर्कता अपनाउनू

पाल्पामा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech