प्रदेश सरकार सत्तापक्षको मात्र हैन, सारा जनताको हो : सांसद न्यौपाने

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपानेले प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतले प्रधानमन्त्री बनाएको भन्ने अभिव्यक्तिले देशको राष्ट्रियता, अखण्डता र सारा नेपाली जनताको शिर निहुरने निन्दनिय कार्य रहेको दावि गर्नुभएको हो ।

प्रदेश सभाको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रस्तुत गरेको बिषय वस्तु माथि सांसद न्यौपानेले सत्तापक्ष दिन बसेको र प्रतिपक्ष माग्न बसेको जस्तो व्यवहार गरेको बताउनुभयो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका सांसद न्यौपानेले कृषकहरुको घरमा अहिले रुवावासी चलिरहेको बताउनुभयो । उहाँले जनतन धान रोपे पनि अब मल, बीउ, सिंचाई र बजारीकरणका लागि प्रदेशले ठोस योजना ल्याउन नसकेको बताउनुभयो ।

जनताको काम र विकासका लागि योजना बनाउँदा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै प्रदेश सरकार सबै जतनाको साझा रहेको दावि गर्नुभयो ।


प्रकाशित : २०८० असार २१, बिहीबार १३:४८