अनिता क्षेत्री, अर्घाखाँची
अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा न. १३ ले वडा भित्रका एकल महिलाहरुलाई एक कार्यक्रम गरि सम्मान गरेको छ । वडामा भएका ५२ जना एकल महिलाहरुलाई एक एक वडा काँसको करुवा बितरण गरी सम्मान गर्नुका साथै एमल महिलाका समस्याहरु औल्याई केही समय पछि समाधानको लागि पहल गर्ने भनि मुख्य मुख्य समस्याको टिपोट गरिएको थियो ।
वडाले आफुहरुलाई सम्झिएर निमन्त्रणा गरि सम्झनाको लागि यो मायाको चिनो पाउदा उनिहरु खुशी हुँदै समग्र वडा र अध्यक्ष दुर्गा बहादुर बिसीलाई धन्यवाद दिएका थिए ।
सम्मान गर्दै वडाध्यक्ष वडा अध्यक्ष बि.सि.ले भौतिक विकास निर्माणले मात्र वडाको विकास पुर्ण नहुने भन्दै लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तरता दिने बताउनुभयो । एकल महिलाहरुलाई पहिलो पटक निमनत्रण गरि सम्मान गर्दा गर्वको महशुस भएको बताउनुभयो । वडाध्यक्ष विसीले बर्षाको समयमा निमन्त्रणालाई स्वीकार गरि उपस्थित भएर समस्या सुन्न पाउदा खुशी लागेको र उहाँहरुका समस्या समाधानको लागि आफू सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम वडा अध्यक्ष दुर्गा बहादुर बि.सि को अध्यक्षता, वडा सदस्य टान बहादुर बि.सि, तुल्सा बि.सि, सिमलपानी बचत तथा ऋण सहकारीका प्रबन्धक सावित्रा पौडेल, समाजसेवि, बुद्धिजिवि, एकल महिलाहरु, सुरक्षा कर्मी, सञ्चारकर्मी वडा बासीहरुको उपस्थिति रहेको कार्यक्रम सहकारीका बरिष्ठ उपाध्यक्ष राधा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।





















