ज्ञानपुन्ज बोडिङ्ग स्कुल प्रदेशमै उत्कृष्ट भएको दावी, यस्तो छ चर्चामा रहेका विद्यायलहरुको नतिजा

[sharethis-inline-buttons]

लुदस जितपुर ,
ज्ञानपुन्ज बोडिङ्ग स्कुल वैरिया कपिलवस्तुले लुम्बिनी प्रदेशमै सर्वोकृष्ट नतिजा ल्याउन सफल भएको दावी गरेको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले विद्यालयको शत प्रतिशत नतिजामा दुई विद्यार्थीको ३.९५ अंक सहित १८ जना ए प्लस, १० जना ए र ५ जना ले वि प्लस ल्याउन सफल भएको र ए प्लसमा ५५ प्रतिशत रिजल्टले प्रदेशमै उल्कृष्ट रहेको दावि गरे ।
यता होराईनका सक्षम सुवेदीले एसईई परीक्षाको नतिजामा ४ जिपिए ल्याएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका ४, सिद्धिपुर स्थित होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी घिमिरेले ४ जिपिए ल्याउन सफल भएका हुन् । एस.इ.ई.को हकमा ४ जिपिए सम्पुणर् कुल नतिजा हो । विद्यालयका प्राचार्य बासुदेव घिमिरेले कपिलवस्तु जिल्लामा ४ जिपिए विद्यालयले दोस्रो पटक ल्याएको बताउँदै आफ्नो विद्यालय यो पटक पनि नेपाल प्रथम भएको दावी गरे ।
सुवेदी विद्यालयका मिहिनती र अब्बल विद्यार्थी रहेको भन्दै घिमिरेले चार जिपिए अंक ल्याएका सुवेदीले मेहनत अनुसार अंक आएकोमा खुसी व्यक्त गरेका छन् ।
लुम्बिनी दर्पणलाई प्राप्त खबर अनुसार बालज्योती आवासीय मा.वि गजेहडाले ३.९० जिपिए सहित ५ जना ए प्लस, १९ जना ए र २ जनाले वि प्लस नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल सर्वेन्द्र खनालले बताए । अन्नपुणर् विद्या मन्दिर कोपवा र ज्ञानज्योती शिक्षा सदन ले पनी सम्मानजनक नतिजा आएको बताए । हथौसामा रहेको हथौसा लिटिल स्टार ईङ्लिस बोडिङ्ग स्कुलले पनी ३.९० नतिजा सहित उत्कृष्ट नतिजा विद्यालयले हासिल गरेको प्रिन्सिपल सुन्दर पाण्डेले बताए । यता युनाईटेड स्टुडेन्ट एकेडमीका प्रिन्सिपल कृष्ण के.सी ले पनी विद्यालयबाट सम्मिलित विद्यार्थीहरुको यसपटक सम्मानजनक नतिजा आएको बताए । उता सरकारी विद्यालय मध्येको अब्बल रहेको जनता मा.वि पिपरा बाट एसईईको परीक्षामा २ सय ८६ विद्यार्थी सहभागी रहेको जनाईएको छ । जसमध्ये ७० जनाले ए प्लस ९७ जनाले ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्राचार्य रमेश पंन्थीले जानकारी दिए ।
एसईईको परीक्षामा लुम्बिनी प्रदेशबाट २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ६ हजार ८१३ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या १० हजार २०१, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या १३ हजार ३३२, २ देखि २.४ जीपीए ल्याउनेको संख्या १७ हजार ९७ जना रहेका छन् ।

सबैभन्दा धेरै १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १८ हजार ९६० रहेको छ । यस्तै १.२० देखि १.६० जीपीए ल्याउने १० हजार ५७३ र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ७१९रहेको छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् ।

नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी थिए । एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी थिए।

यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएका थिए ।


प्रकाशित : २०८० असार २१, बिहीबार २२:३६