स्व.जिसीको स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुद्धारा शोक सभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका सचिवालय सदस्य तथा संगठनका क्षेत्र नं. १ (१) संयोजक दिपक जिसीका पिता चन्द्र बहादुर जिसीको निधनको शोकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुले शोक सभा सम्पन्न गरेको छ । जिसीको यहि असार १८ गतेका दिन ६२ बर्षको उमेरमा दुःखद निधन भएको थियो । स्व.जिसीकोे निधनको सातौं दिनको स्मृतिमा उहाँकै निवास बाणगंगा ८ ढोेडेकोलमा शोक सभा सम्पन्न गरिएको छ।

स्व. जिसीले समाजका लागि गरेको योगदान र संघर्ष स्मरण गर्दै पार्टी कमिटीका पदाधिकारी, सदस्य तथा संगठनका पदाधिकारी, सदस्यहरुले उहाँको तस्बिरमा टिका लगाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

शोक सभाका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य धनु अधिकरीले शोक मन्तब्य राख्दै स्व.जिसी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदान अतुलनिय रहेको बताउनुभयो । शोकमा रहेको परिवारको साथका लागि संगठन सदैव तयार रहेको पनि बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष कमल क्षेत्रीले उहाँको निधनले संगठन परिवार निकै स्तब्ध भएको बताउदै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभयो । पार्टीका जिल्ला कमिटी सदस्य समेत रहनुभएका क्षेत्रीले समाज प्रति गरेको त्याग र संघर्षलाई सदैव मार्गदर्शन बनाएर अगाडि बढ्ने बताउदै उहाँको आवश्यकता सधै खड्किरहने बताउनुभयो ।

वडा नं. ८ का वडा सदस्य शैलेन्द्र बेल्बासेले उहाँको योगदानको स्मरण गर्दै जिवनी प्रस्तुत गर्नुभएको थियो ।

शोक सभामा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य कृष्ण सापकोटा, कर्ण बहादुर लामा, राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटी सदस्य किरण सिंह राना, पार्टी बाणगंगा ८ वडा कमिटी अध्यक्ष गिता भुसाल लगायत पार्टी नगर, वडा कमिटीका पदाधिकारी, सदस्य तथा संगठन नगर, वडा कमिटीका पदाधिकारी, सदस्य, आफन्तजनहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० असार २४, आईतवार १०:०४