
रुपन्देहीको कञ्चन गाउँ पालिकामा १६ औं राष्ट्रिय योजना अन्तक्रिर्या सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अयोगका सदस्य डा. अनिता शाहा ढुंगानाले कञ्चन गाउँपालिका विभिन्न साखागत बिकासमा आफ्नो पहल हुने जानकारी गराउदै बालबालिका जेष्ठ नागरिक सञ्चार क्षेत्रको बारेमा राष्ट्रिय योजना आयोगमा महत्त्वपूर्ण गौरवका योजना पुराउने प्रतिबद्धता जनाउदै कञ्चन गाउँपालिका र राष्ट्रिय योजना आयोग बीच समन्वय गरेर अगाडि बढनु पर्नेमा जोड दिनु भयो । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मौशमी थापाले महिला तथा बालबालिका क्षेत्र भएका कार्यक्रम को बारेमा जानकारी गराउनु भएको थियोे कार्यक्रममा गाउँपालिका शिक्षा सामाजिक संयोजक पालिका प्रवक्ता चित्रलाल तुलाचनले शिक्षा स्वास्थ्य खानेपानीको बारेमा जानकारी दिनु भयो उहाँले शिक्षा स्वास्थ्य खानेपानीमा केही सुधार भयतापनी आवश्यक बजेटले काम गर्न नसकिएकोले राष्ट्रिय योजना आयोगले कञ्चनका धेरै भन्दा धेरै गौरवका योजना राष्ट्रिय योजना समेटन्न सकेमा कञ्चनको बिकासले काचुली फेर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीको तर्फबाट राष्ट्रिय योजना आयोगमा समेटिनु पर्ने सल्लाह सुझाव सहित , कार्यपालिका सदस्य कुमारी घर्ती पराधिका चौधरी हेमा बेलबासे अमृता थापा सालिकराम पौडेलले सुस्मिता नेपाली धनराज बि क टीका थापा मगर ले खेलकुद बालबालिका महिला तथा जेष्ठ नागरिक , लागू औसध लगाएत का बारेमा कुरा राख्नु भएको थियोे । कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि हरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा कञ्चनगाउँ पालिका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाले राष्ट्रिय योजन आयोगमा हरेक क्षेत्रका योजना लाई समेटेर अगाडि बढने र ८०/८१ मा परेका योजनाको कृषि स्वास्थ्य शिक्षा सडकको बारेमा जानकारी दिदै आगामी योजनाको बारेमा अध्यक्ष नवराज ढकाल बताउनु भयो।कार्यक्रमको सन्चलान गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले गर्नु भएको थियोे ।

